८ बैशाख २०८२, सोमबार

कोरोना सङ्क्रमणबाट नौ हजार बालबालिकालाई मोर्डना खोप दिइने


कोभिड खोप

हुम्ला । हुम्लाका बालबालिकालाई मोर्डना खोप दिइने भएको छ । कोरोना सङ्क्रमणबाट जोगिनका लागि १२ वर्षदेखि १७ वर्ष उमेर समूहका नौ हजार ६२१ बालबालिकालाई उक्त खोपको पहिलो मात्रा दिइने भएको हो ।

स्रोतका अनुसार उक्त खोप आगामी पुस ४ देखि १४ गतेसम्म सातवटा गाउँपालिकामा १०० खोप केन्द्रमार्फत दिइने छ । खोपसहित स्वास्थ्यकर्मी चाँडै परिचालन गरिने उनको भनाइ छ । खोपसम्बन्धी दक्षता हासिल गरेका स्वास्थ्यकर्मी र गाउँ–गाउँमा रहेका स्वास्थ्य स्वयंसेविका परिचालन गरिने भएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !