१२ श्रावण २०८१, शनिबार

इजिप्ट एयरका भग्नावशेष तस्वीर सार्वजनिक


egypt air

ती तस्वीरमा जीवन जोगाउन लगाइने ज्याकेट, सिटका टुक्राहरु र इजिप्ट एयर लेखिएका पार्टपुर्जा छन्।

खोजीक्रममा मानव शरिरका अवशेष र सरसामानहरु फेला परेको समाचारहरु आएका छन्।

विमानको मुख्य भाग र दुईवटा ‘ब्ल्याक बक्स’ जसले उडानको विवरण र ककपिटको प्रशारण देखाउँछ, त्यो अझै फेला परेको छैन।

विमानमा ‘धुवाँ’

यसैबीच, इजिप्ट एयरको विमानले भूमध्यसागरमा खस्नु अघि विमानभित्र थुप्रै ठाउँबाट धुवाँ निस्किएको भन्ने स्वचालित सन्देश पठाएको फ्रान्सका अनुसन्धानकर्ताहरुले बताएका छन्।

अनुसन्धानकर्ताहरुका अनुसार स्वचालित सन्देश प्राप्त हुनुको सामान्य अर्थ विमानमा आगो लागेको थियो भन्ने हुन्छ।

चालकदल सहित ६६ जना रहेको एयरबस A 320 गत बिहीबार प्यारिसबाट कायरो जाँदै गर्दा भूमध्यसागरमा खसेको थियो।

फ्रान्सका विदेशमन्त्री जाँ मार्क एरोउले यात्रु र चालक दलका आफन्तसँग भेटेका छन्।

‘ब्ल्याक बक्स’

उनले घटनाको कारणबारे भएका सबै सिद्धान्तहरुको विश्लेषण गरिए पनि यकिन यै हो भन्ने आधार फेला नपरेको बताए ।

अनुसन्धानकर्ताहरुले विमान वेपत्ता हुनु तीन मिनेट अघि क्याबिनको विभिन्न भागमा धुवाँ देखिएको पुष्टी गरेका छन्।

तर त्यसको कारण अझै खुलेको छैन।

फ्रान्सका विदेशमन्त्रीले शनिबार सबै सम्भावनाबारे विश्लेषण भइरहे पनि यकिन आधार फेला नपरेको बताए।

द एभियसन हेराल्डले भनेको छ, विमान सम्पर्क विहिन हुनु अघि शौचालय र विमानको इलेक्ट्रोनिक पार्टपुर्जामा जडान गरिएका धुँवा निस्किएको थाहा पाउने यन्त्र ‘स्मोक डिटेक्टर’ बन्द भएका थिए।

उसलाई एअरक्र्याफ्ट कम्युनिकेशन्स एड्रेसिङ एण्ड रिपोर्टिङ सिस्टम (एसीएआरएस)का उडान तथ्याङकहरु विभिन्न तीनवटा छुट्टाछुट्टै स्वतन्त्र संयन्त्रबाट प्राप्त भएको थियो।

उसले भनेको छ, विमान हराएको दिन बिहीबार स्थानीय समय २ बजेर २६ मिनेटमा विमानको शौचालयमा धुवाँ देखिएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !