१२ असार २०८१, बुधबार

जाजरकोटमा बस दुर्घटना : ५ जनाको मृत्यु, २७ जना घाइते


दुर्घटना

जाजरकोट । जाजरकोटमा बस दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ भने २७ जना घाइते भएका छन् । नेपालगञ्जदेखि जाजरकोटको राडिबजार जाँदै गरेको ना ६ ख २७५७ नम्बरको रात्री बस कुदु बराहचौक नजिक दुर्घटना हुँदा ५ जनाको घटनास्थलमै मृत्यु भएको हो ।

दुर्घटनामा परी २ जना पुरुष, २ जना महिला र १ जना बालिकाको मृत्यु भएको जाजरकोटका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद देवकोटाले जानकारी दिए । यद्यपि मृतकहरुको सनाखत हुन भने बाँकी रहेको छ ।

जाजरकोटका डीएसपी मधुकुमार थापाका अनुसार बसमा ३२ जना यात्रु सवार थिए । घाइते रहेका २७ जनाको जिल्ला अस्पताल जाजरकोटमा उपचार भइरहेको छ । राती बस दुर्घटना भएका कारण उद्धारमा ढिलाई भएको थियो । दुर्घटनाबारे थप विवरण आउन बाँकी छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !