धनुषामा ट्र्याक्टरमा च्यापिएर चालकको मृत्यु Nepalpatra धनुषामा ट्र्याक्टरमा च्यापिएर चालकको मृत्यु
११ मंसिर २०७८, शनिबार

धनुषामा ट्र्याक्टरमा च्यापिएर चालकको मृत्यु


चितवनमा ट्र्याक्टर दुर्घटना फाइल फोटो

जनकपुर । बालुवा लोड गरेको ट्र्याक्टरमा च्यापिएर धनुषाको नक्टाझिजमा आज ट्र्याक्टर चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा ज१त ४१७२ नम्बरको ट्र्याक्टरका चालक धनुषाको मिथिला नगरपालिका–७ निवासी २५ वर्षीय चेतन महतो रहेको प्रहरीले जनाएको छ ।

लोड गरिएको बालुवा झार्ने क्रममा अचानक इन्जिनमाथि उठ्दा च्यापिएर चालक महतोको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय महेन्द्रनगरले जनाएको छ । शव परीक्षणको लागि प्रादेशिक अस्पतालमा राखिएको र घटना विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !