गोरखाको मनकामना मन्दिरका पुजारीको हृदयघातबाट मृत्यु Nepalpatra गोरखाको मनकामना मन्दिरका पुजारीको हृदयघातबाट मृत्यु
१८ मंसिर २०७८, शनिबार

गोरखाको मनकामना मन्दिरका पुजारीको हृदयघातबाट मृत्यु


manakamanatemple

गोरखा । गोरखाको प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिरमा पर्व पूजाका लागि गुठी संस्थानबाट खटिइ आएका एक गुर्जु (पुजारी) को हृदयघाटबाट मृत्यु भएको छ ।

हरेक वर्षमा दुई पटक मनकामना मन्दिरमा लाग्ने पर्व पूजाका लागि आएका काठमाडौँ महानगरपालिका–४ बल्खु का रत्नराज बज्राचार्यको आकस्मिक रुपमा हृदयघातबाट गए राति निधन भएको मनकामनाका स्थानीयवासी दिनेश जोसीले जानकारी दिए ।

उनले मनकामनाको एक होटलमा बास बस्नुभएका पुजारी बज्राचार्यको राति १० बजे स्वास्थ्यमा समस्या आएको र केही क्षणमा नै मृत्यु भएको बताए ।

घटनाको जानकारी पाएलगत्तै प्रहरीको एकटोली अनुसन्धानका लागि मनकामना पुगेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश दाहालले जानकारी दिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !