१२ असार २०८१, बुधबार

कांग्रेसका वडाध्यक्षसहित ३४ जना एमालेमा प्रवेश


२२ चैत, इलाम । इलाममा कांग्रेसबाट निर्वाचित वडाध्यक्षसहित ३४ जना एमालेमा प्रवेश गरेका छन् ।

स्थानीय तहको चुनावमा जिल्लाको माङ्गसेबुङ्ग गाउँपालिका वडा नम्बर – ६ बाट निर्वाचित नेपाली कांग्रेसका वडाध्यक्ष प्रदीपसाङ्पाङ्ग राई बिहीबार भएको एक कार्यक्रमकाबीच नेकपा एमालेमा प्रवेश गर्नुभएको छ  ।

कार्यक्रममा वडाअध्यक्ष राईसहित ३४ जनाले कांग्रेस छोडेर एमालेमा प्रवेश गरेका नेकपा एमाले जिल्ला कमिटी कार्यालय इलामले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !