४ बैशाख २०८१, मंगलबार

प्रश्नपत्र आउट, चिट बोकेरै परीक्षार्थी परीक्षा हलमा


२१ चैत, धनुषा । धनुषामा दुई समय तालिकामा बुधबारबाट सुरु भएको कक्षा ८ को वार्षिक बोर्ड परीक्षा अन्तर्गत अंग्रेजी विषयको पश्नपत्र परीक्षा सुरु हुनुअघि नै आउट भएको छ ।

पहिलो दिन अंग्रेजी विषयको प्रश्नपत्र पहिला नै आउट भएपछि अधिकांश परीक्षार्थी पहिला त्यसै अनुसारको तयारी र चिट नै बनाएर परीक्षा दिन गएका छन् ।

प्रश्नपत्र कुन विद्यालयबाट कसरी आउट भएको कुरा भने खुल्न सकेको छैन ।  परीक्षा जिल्लाको कुन स्थानीय तहमा कति बजे देखि हो भन्ने विषयमा धनुषाका जिल्ला शिक्षा अधिकारी यमबहादुर खड्का अनविज्ञ हुनुहुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !