२१ असार २०८१, शुक्रबार

कालिकोटमा भीषण पहिरो, तीनको मृत्यु, पाँच बेपत्ता


lanscape
कालिकोट- कोटवाडा-६ स्थित लालीघाट बजारमा बाढीपहिरो आउँदा तीन जनानको मृत्यु भएको छ। प्रहरी निरिक्षक टेक जोराका अनुसार मृत्यु हुनेमा स्युना-२ निवासी धनमती टमट्टा, स्युयना-५ का हीरा तिरुवा र धौलागोहका लक्ष्मण भण्डारी छन्।
पहिरोमा ५ जना बेपत्ता छन्। बेपत्ता हुनेमा स्युना-२ का वर्ष ५० सन्जिते टमट्टा थिर्पु-५ का टक्क बंमक छोरी वर्ष ६ की श्रीष्टा बम, रकु-२ का वर्ष ५० का मनि सुबेधि, बाजुरा गोत्री-१ का अज शार्कीका ४ महीनाका छोरा छन्।
स्थानीय हाडबजारको रुपमा चिनिने लालिघाटको गेजबजार नजिकै माथिबाट आएको बाढीपहिरोमा २० भन्दा बढी घरटहरा बगाएको छ।

प्रहीका अनुसार बाढीपहिरोमा पुरिएका तीन जनाको मात्र पहिचान भएको छ। बेपत्ता ५ जनको खोजीकार्य भइरहेको छ। बिहीबार साँझबाट परेको अविरल वर्षाका कारण लालिघाटमा बाढिपहिरो गएको हो। बाढीपहिरोमा पुरिएका व्यक्तिको उद्धार भइरहेको र अन्य ८ जना घाइते रहेको कालिकोटका डीएसपी किशनसिंह बुडालले जानकारी दिए।

घाइतेलाई उपचारका लागि कालिकोटस्थिति जिल्ला अस्पताल ल्याइएको छ। पहिरोले १० करोडभन्दा बढीको क्षति भएको अनुमान गरिएको छ। रातिको समय बजारको दायाँ र बाँया ठाउँबाट आएको बाढीका कारण सथानीय सुरक्षित स्थानममा भाग्नसमेत सकेका थिएनन्।

‘पानी परेकोमा खुसी भएका थियौं तर राति सबै चिच्याएको सुनेर बाहिर निस्किदा पसल बगाइरहेको देखियो,’ गेजबजारमा व्यापार गर्दै आएका कोटवाडाका नेत्र विष्टले भने।

गत बिहीबार कालिकोट र दैलेख जिल्लाको सीमामा बाढीले एक जनाको मृत्यु भएको थियो भने डेढ करोडभन्दा बढीको क्षति भएको थियो।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !