१४ बैशाख २०८१, शुक्रबार

महाकालीमा बेपत्ता जयसिंह परिवारलाई आर्थिक सहयोग हस्तान्तरण


भत्ता

दार्चुला । गत साउन १५ गते महाकाली नदीमा बेपत्ता भएका जयसिंह धामीको परिवारलाई आर्थिक सहयोग हस्तान्तरण गरिएको छ । सुदूरपश्चिम समाज मेरिल्यान्ड अमेरिकाले बेपत्ता जयसिंह परिवारलाई रु दुई लाख आर्थिक सहयोग हस्तान्तरण गरेको हो ।

फारवेस्ट राइडरको सहआयोजनामा सदरमुकाम खलङ्गामा आयोजित एक कार्यक्रममा राइडरका सुदूरपश्चिम अध्यक्ष भरतविक्रम शाहले जयसिंह धामीका श्रीमती राजन्ती धामीलाई सो सहयोग रकम हस्तान्तरण गर्नुभएको हो ।

मेरिल्यान्ड अमेरिकाका अध्यक्ष दमनविक्रम शाहको अगुवाइमा धामी परिवारका लागि राहत रकम सङ्कलन भएको थियो । बेपत्ता जयसिंह धामीका एक छोरा र एक छोरीको पढाइलेखाइमा सहयोग पुगोस् भन्नका लागि रकम सङ्कलन गरी हस्तान्तरण गरिएको अध्यक्ष शाहले बताउनुभयो ।

सहयोग रकमलाई सही ठाउँमा सदुपयोग गर्नसमेत उहाँले आग्रह गर्नुभयो । रकम पाएपछि राजन्ती खुसी र भावुक बनेका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !