१५ आश्विन २०८१, मंगलबार

तिहारमा तनहुँ कारागारका कैदीबन्दीको निधार खाली


तनहुँ कारागार

दमौली । नेपालीहरुको ठूलो महान् चाड तिहारमा तनहुँ कारागारका कैदीबन्दीको निधार खाली भएको छ । तनहुँ कारागारस्थित कैदीबन्दीले आज तिहारमा दिदीबहिनीको हातबाट टीका लगाउन नपाएपछि कैदीबन्दीको निधार खाली भएको हो ।

यस पटक बाहिरी मान्छेलाई कारागारभित्र प्रवेश गर्ने व्यवस्था मिलाउन नसकिएको कारागारका सूचना अधिकारी नारायण अधिकारीले जानकारी दिए । “कोरोना सङ्क्रमणको जोखिमका कारण बाहिरबाट मानिसलाई प्रवेश दिन सकिएन”, उनले भने, “यस वर्ष कैदीबन्दीको तिहारमा निधार खाली भयो ।”

कारागार प्रशासनले दसैंमा पनि आफन्तजनबाट कैदीबन्दीलाई टीका लगाउन निषेध गरेको थियो । यद्यपि दसैंमा भने कैदीबन्दीले आ–आफै टिका लगाएका थिए ।

भिरबाट खसेर वृद्धको मृत्यु

तनहुँको शुक्लागण्डकी नगरपालिका–२ एक्लेफाँटमा भिरबाट खसेर एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँ बस्ने ७६ वर्षीय डिलबहादुर पुन रहेको प्रहरीले जनाएको छ ।

घर नजिकै रहेको एक्लेफाँट भिरबाट अन्दाजी ७० फिट तल खस्दा पुनको घटनास्थलमै मृत्यु भएको गण्डकी प्रदेश प्रहरी कार्यालयले जनाएको छ । घटनासम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !