५ जेष्ठ २०८१, शनिबार

जाजरकोटमा मिनीट्रक दुर्घटना : २ जनाको मृत्यु, ७ घाइते


दुर्घटना

जाजरकोट । जाजरकोट जिल्लामा मिनी ट्रक दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । सो दुर्घटनामा १ जना बेपता भएका छन् भने ७ जना घाइते भएका छन् ।

हिजो बिहीबार बेलुकी ११ बजे सुर्खेतदेखि जुनिचाँदे जाँदै गरेको बा ५ ख २५०१ नम्बरको मिनीट्रक जाजरकोटको रिठेखोला बाबिया टाकुरामा दुर्घटना भएको थियो ।

१० जना सवार उक्त दुर्घटनामा परी मृत्यु हुनेमा दिलबहादुर शाही रहेका छन् भने अर्का १ जनाको नाम नखुलेको छैन । साथै उक्त दुर्घटनामा १ जना बेपत्ता भएको प्रहरीले जानकारी दिएको छ ।

घाइतेमा आसिका खड्का, करिश्मा रावत, जुनिचाँदेका दीपकबहादुर शाही, धनबहादुर रावत, नवीन सिंह र निराजन खड्का रहेका छन् । घाइते धनबहादुर चालक रहेका छन् । राति भएका कारण अझै सबैको ठेगाना नखुलेको र फोन सम्पर्क हुनसमेत मुस्किल भएको प्रहरीले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !