१५ आश्विन २०८१, मंगलबार

पाँचथर बाढीपहिराे : बेपत्ता एककाे शव भेटियाे, मृतककाे संख्या ३१ पुग्याे


पाँचथरको मिक्लाजुङमा पहिरो

पाँचथर । पाँचथरमा बाढी र पहिराका कारण ज्यान गुमाउनेको सङ्ख्या ३१ जना पुगेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार बाढी र पहिरामा परी बेपत्ता रहेका थप एक जनाको शव आज फेला परेसँगै मृतकको सङ्ख्या ३१ पुगेको हो ।

पाँचथरमा बेमाैसमी बर्षाकाे कारण खाेलाले बगाएर बेपत्ता भएका फिदिम नगरपालिका-६ का प्रेम आलेकाे शव भेटिएकाे छ । उनकाे शव भेटिएसंगै पाँचथरमा पहिराेकाे कारण मुत्यु हुनेकाे संख्या ३१ पुगेकाे हो । उनी फिदिम-५ स्थित सिवा खाेलाले बगाउदा बेपता भएका थिए ।

पाँचथरमा पहिराेकाे कारण अझै ३ जना बेपत्ता रहेका छन् । उनीहरूकाे खाेजी जारी रहेको जिल्ला प्रहरी कार्यालय पाँचथरका सुचना अधिकारी डम्बर विश्वकर्माले जानकारी दिए ।

मिक्लाजुङ गाउँपालीकामा बेपत्ता रहेका ३जनाकाे खाेजीकाे लागि तालिम प्राप्त कुकुर इलाका प्रहरी कार्यालय रबिमा आइपुगेकाे विश्वाकर्माले बताए । तालिम प्राप्त कुकुरकाे सहयाेगमा भाेलिबाट बेपताहरूकाे खाेजी गरिने विश्वाकर्माले जानकारी दिए ।

यही कात्तिक १ देखि ३ गतेसम्म निरन्तर भएको वर्षाका कारण बाढी र पहिराको प्रकोप हुँदा जिल्लाका चार स्थानीय तहका सो सङ्ख्यामा स्थानीयवासीको ज्यान गएको हो । बाढी र पहिरामा परी बेपत्ताको खोजी तीव्र पार्न तथा क्षतिको विवरण सङ्कलन गर्न जिल्ला विपत् व्यवस्थापन समितिले सुरक्षा निकाय र स्थानीय तहलाई परिपत्र गरिसकेको छ ।

सुरक्षा निकायले स्थानीयवासीसमेतको सहयोगमा खोजी कार्य गर्दै आएको तथा स्थानीय तहबाट क्षतिको विवरण सङ्कलन थालिएको समितिले जनाएको छ ।

 

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !