८ बैशाख २०८१, शनिबार

सुदूरपश्चिम प्रदेशमा पहिरो : ३ जनाको मृत्यु, २ घाइते


पहिरो

धनगढी । लगातारको वर्षाका कारण आएको पहिरोमा परी सुदूरपश्चिम प्रदेशमा पहिरोमा परी ३ जनाको मृत्यु, २ घाइते र बाढीले बगाएर १ जना बेपत्ता भएका छन् ।

आइतबार राति परेको वर्षाका कारण डोटीको सायल गाउँपालिका–६ मेल्लेख बस्ने वीरबहादुर कुन्जेडाको घर भत्किएर २ जनाको च्यापिएर मृत्यु भएको छ भएको ईलाका प्रहरी कार्यालय डोटी स्रोतले बताएको छ ।

यस्तै आज मंगलबार डडेल्धुरामा पहिरोमा पुरिएर १ जनाको मृत्यु भएको छ । गन्यापधुरा गाउँपालिका-१ भात्काँडामा पहिरोमा परी ३२ वर्षीय विष्णु अवस्थीको मेइत्यु भएको हो ।

प्रदेश प्रहरीका कार्यालय स्रोतका अनुसार डडेल्धुराको अमरगढी नगरपालिका-१ मा गएको पहिरोमा परी घाइते भएको अरू २ जनाको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ ।

साथै गोदावरी नगरपालिका–८ स्याउलेका ३० वर्षीय गणेश आउजी खुटिया पुलनजिकै ढुंगा निकाल्ने क्रममा खोलाले बगाएर बेपत्ता भएका छन् । प्रहरी र सशस्त्र प्रहरीको टोलीले उनको खोजी कार्य जारी राखेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !