८ बैशाख २०८१, शनिबार

बाजुरामा कर्णाली नदी थुनियो, एक किलोमिटरमा बन्यो ताल


बाजुरामा कर्णाली नदी थुनियो

काठमाडौं । बाजुरामा कर्णाली नदीमा थुनिएको छ । सुक्खा पहिरो खसेर करिब एक किलोमिटर क्षेत्रमा कृत्रिम ताल बनेको छ । आज बिहान खसेको सुक्खा पहिरोले ताल बनेको हो ।

बाजुरा स्वामीकार्तिक खापर गाउँपालिका वडा नम्बर १ मा सुक्खा पहिरो खसेर नदी थुनिएर एक किलोमिटर ड्याम बनेको हो । पहिरो खस्ने क्रम अहिले पनि जारी रहेको छ । पहिरोले कर्णाली नदी थुनिँदा बाजुराका दुईवटा गाउँपालिकाका केही भाग कटान गरेको थियो ।

जिल्ला प्रशासन कार्यालय बाजुराका अनुसार जगन्नाथ गाउँपालिका–२ को भवन भएको ठाउँदेखि बाजुराकै स्वामीकार्तिक गाउँपालिकातर्फ पहिरो गएको हो । तर अहिले स्थिति खतरामुक्त हुँदै आएकोले थप क्षति नहुने देखिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !