१५ असार २०८१, शनिबार

विराटनगरमा ल्यान्ड हुन नसकी काठमाडौं फर्किएको बुद्ध एयरको जहाज सकुशल ल्यान्ड


बुद्ध एयरको जहाज

काठमाडौं । काठमाडौंबाट विराटनगरका लागि उडेको बुद्ध एयरको जहाज ल्यान्ड हुन नसकेर पुनः काठमाडौं नै फर्किएर जहाज सकुशल ल्यान्ड भएको छ । जहाज विराटनगरमा ल्यान्ड हुन नसकेर काठमाडौं फर्किएसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलमा हाइ अलर्ट गरिएको थियो ।

ल्यान्डिङ गियरमा समस्या भएपछि विराटनगरमा जहाज ल्यान्ड हुन नसकेको विमानस्थल कन्ट्रोल रुमले जनाएको छ । अवतरण हुनुअघि सो जहाज काठमाडौंको आकाशमा घुमिरहेको थियो । सो समयमा विमानस्थलमा कुनै उडान भरिएको थिएन ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !