१२ बैशाख २०८१, बुधबार

कञ्चनपुरमा सशस्त्र प्रहरीमाथि ढुङ्गामुढा गर्ने एक भारतीय तस्कर पक्राउ


पक्राउ

धनगढी । कञ्चनपुरमा सशस्त्र प्रहरीमाथि ढुङ्गामुढा गर्ने भारतीय तस्करको समूहका एक जना पक्राउ परेका छन् । दोधारा चाँदनी नगरपालिका–७ कञ्जभोजमा भारतीय तस्करहरूले गए राति सशस्त्र प्रहरीको गस्ती टोलीमाथि ढुङ्गामुढा प्रहार गर्ने अर्जुन कुमारलाई भारतीय प्रहरीले पक्राउ गरेको हो ।

ढुङ्गामुढा प्रहारबाट तीन जना सशस्त्र प्रहरी जवान घाइते भएका छन् । घाइते बीओपी दोधाराचाँदनीमा कार्यरत सुदीप सुनारसहितका उनीहरूको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।

सशस्त्र प्रहरी बल नम्बर ३५ गण शैलेश्वरी झलारीका प्रहरी उपरीक्षक वीरेन्द्रबहादुर ऐरका अनुसार ७/८ जनाको सङ्ख्यामा मोटरसाइकलमा भारतबाट सामान ल्याउँदै गरेका तस्करहरूले सीमाक्षेत्र नजिक ढु्ङगामुढा प्रहार गरेका थिए ।

भारतबाट तस्करले सामान लिएर आउने क्रमममा गस्ती टोलीले तस्करलाई नियन्त्रणमा लिने क्रममा ढुङ्गामुढा प्रहार गरी भागेको उनले बताए । उनलाई पक्राउ गरेर कारबाही प्रक्रिया अघि बढाइएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !