११ मंसिर २०८१, मंगलबार

पूर्वसचिव एवं कुशल प्रशासक श्रीकान्त रेग्मीको निधन


श्रीकान्त रेग्मी

काठमाडौँ । पूर्वसचिव श्रीकान्त रेग्मीको निधन भएको छ । आज बिहीबार बिहान रेग्मीको ७१ वर्षको उमेरमा निधन भएको उनको पारिवारिक स्रोतले जनाएको छ ।

२०३४ सालदेखि २०५९ सालसम्म सरकारी सेवामा रहेका रेग्मी गृहसचिव भएको समयमा राजीनामा दिँदै अलग भएका थिए । शाखा अधिकृतबाट सरकारी सेवामा प्रवेश गरेका रेग्मी गृह गृहसचिव भएर लामो समय बिताएका थिए ।

प्रमुख जिल्ला अधिकारी हुँदै गृह सचिवसम्म भएका रेग्मी २०५९ सालमा वरिष्ठताका आधारमा मुख्यसचिव हुनुपर्नेमा नपाएपछि राजीनामा दिएका थिए ।

उनी स्वास्थ्य र मन्त्रिपरिषद्‌ सचिव पनि भएका थिए । उनी लामो समयदेखि मधुमेहका रोगी थिए ।

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !