१२ आश्विन २०८१, शनिबार

महोत्तरीको रातो नदीको तटबन्ध भत्किँदा ९०० घर डुबानमा


महोत्तरीको रातो नदीको तटबन्ध

जलेश्वर । महोत्तरी जिल्लाको रातो नदीको तटबन्ध भत्किँदा ९०० घर डुबामा परेको छ । जिल्लाको बलवा नगरपालिका–४ तिलगढ गाउँ नजिकै रातो नदीको तटबन्ध भत्किएर खोलाको पानी गाउँमा पस्दा ती घर डुबानमा परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार रातो नदीमा आज बिहान आएको बाढीले बलवा नगरपालिकाको एउटै वडाको चार स्थानमा तटबन्ध भत्काएपछि तिलगढ र रौजा गाउँ डुबानमा परेको हो ।

विगत तीन दिनदेखि जिल्लामा परिरहेको अबिरल वर्षाका कारण रातो नदीमा आएको बाढीले बलवा नगरपालिकाका–४ मा पर्ने तिलगढ र रौजा गाउँका ९०० घर डुबानमा परेको छ ।

साथै सयाँै बिघा धान, तरकारी र फलफूल खेती पनि डुबानमा परेको स्थानीय जनप्रतिनिधिले जनाएका छन् । गाउँ डुबानमा परेपछि स्थानीय बाढी पीडितलाई जनप्रतिनिधि, नेपाल प्रहरी र सशस्त्र प्रहरीले उद्धार गरी सुरक्षित स्थानतर्फ लैजाँदै गरेको जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !