२ कार्तिक २०८१, शुक्रबार

भदौ १६ गतेसम्म लम्ब्याइयो काठमाडौं उपत्यकामा निषेधाज्ञा


काठमाडौँ उपत्यका

काठमाडौं । काठमाडौं उपत्यकामा भदौ १६ गतेसम्म निषेधाज्ञा लम्ब्याइएको छ । काठमाडौं उपत्यकामा तीन जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) हरुको आज दिउसो बसेको बैठकले भदौ १६ गतेसम्म निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो ।

थप गरिएको निषेधाज्ञामा पुरानै ‘मोडालिटी’लाई निरन्तरता दिइएको बताइएको छ । कोभिड-१९ संकट व्यवस्थापन केन्द्रको सुझावपछि निषेधाज्ञा थप गरिएको हो । सरकारले जारी गरेको पछिल्लो निषेधाज्ञाको समयावधि आज मंगलबार राति १२ बजेदेखि सकिदैछ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !