१२ श्रावण २०८१, शनिबार

उपत्यकामा निषेधाज्ञा फेरि एक साता थपियो, जोर बिजोरमा सार्वजनिक सवारीसाधन चल्ने 


निषेधाज्ञामा सुनसान काठमाडौँ

काठमाडौं । काठमाडौँ उपत्यकामा जारी निषेधाज्ञालाई फेरि एक साता थपिएको छ । उपत्यकामा जारी निषेधाज्ञालाई अझै खुकुलो बनाउदै जोर बिजोर प्रणाली अनुसार सार्वजनिक सवारीसाधन चल्न पाउने भएका छन् ।

उपत्यकका ३ जिल्लाहरु काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको आज सोमबार बस्ने बैठकले जारी निषेधाज्ञालाई एक साता  लम्ब्याउदै जोर बिजोर प्रणाली अनुसार सार्वजनिक सवारीसाधन चल्न दिने निर्णय गरेका हुन् ।

काठमाडौं उपत्यकामा भोलि असार १५ गतेदेखि २५ सिटभन्दा बढीका सार्वजनिक सवारी साधन जोर बिजोरका आधारमा चल्न पाउने भएका हुन् । तर ती सार्वजनिक सवारीसाधनहरूले स्वास्थ्य मापदण्ड पालना गर्नुपर्ने, बसमा सेनीटाइजर राख्ने तथा सिटमा यात्रुको दूरी राख्नुपर्ने जस्ता मापदण्ड तोकिएको छ ।

जिल्ला प्रशासन कार्यालय ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले दिएको जानकारी अनुसार २५ सिट क्षमताभन्दा बढीका यात्रुवाहक सवारी साधनमा विहान ६ बजेदेखि बेलुकी ७ बजेसम्म सञ्चालन गर्न दिइनेछ। साथै सबै किसिमका पसलहरु बिहान ११ बजेदेखि ६ बजेसम्म खोल्न दिइने पनि निर्णय भएको उनले बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !