२ जेष्ठ २०८१, बुधबार

“नेपाल गाँजा वैधानिक महाअभियान” राष्ट्रिय समिति गठन


गाजा

काठमाडौँ । “नेपाल गाँजा वैधानिक महाअभियान” राष्ट्रिय समिति गठन भएको छ । जोसेफ मदन कोइराला राष्ट्रिय संयोजक रहेको महाअभियानमा नेपाल सरकारका पूर्व सचीव भीम उपाध्याय सल्लाहकार रहेका छन् ।

नेपाल गाँजा वैधानिक महाअभियानको हिजो जेठ २३ गते गठन भएको राष्ट्रिय समितिले निम्न विभिन्न मागहरु राखेको छ –
१. गाँजा सबै तप्काले वैधानिक – १ घर ५० बोट रोप्न बिना अनुमति पत्र ।
२. किसानको हित हुने गरी प्रतिवन्ध फुकुवा – सहज पहुँचको अनुमति पत्र प्रकिया ।
३. किसानको उत्पादनको गुणस्तरको आधारमा विश्व बजार मुल्यमा आधारित सरकारी खरिद प्रकिया – गाँजाबाट स्वदेश मै तयारी सामाग्री उत्पादनलाई बिशेष प्राथमिकता ।
४. गाँजा/चरेश मात्रैका कारण कैदिबन्दि जिव बिताउन बाध्य भएकाहरुलाई बिनाशर्त रिहा – क्षतिपूर्तिको ब्यबस्था ।
५. गाँजामा बैदेशिक लगानी प्रतिबन्ध – स्थानीय स्वदेशी लगानीलाई प्रोत्साहन ।
६. गाँजा प्रतिबन्ध लगाएको कारण नेपालले बेहोर्नु परेको क्षतिको क्षतिपूर्ति संयुक्त राष्ट्रसंघबाट नेपाल सरकारले माग गर्नुपर्ने।
७. पाठ्यक्रममा गाँजा शिक्षा समावेश – रैथाने गाँजाको खोज अनुसन्धान/प्रवर्द्धन।

"नेपाल गाँजा वैधानिक महाअभियान” राष्ट्रिय समिति गठन


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !