२१ फागुन, खोटाङ । गत फागुन ९ गते आफ्नै घर आगलागी हुँदा गम्भीर घाइते भएकी ५० वर्षीया सार्कीलाई रत्नमाया सार्कीको एघार दिनपछि मृत्यु भएको छ
रावाबेँसी गाउँपालिका–३ लामिडाँडाकी रत्नमाया सार्कीलाई तत्कालै उपचारको लागि काठमाण्डौ ल्याए पनि उपचार सम्भव नभएपछि घर फर्काउने क्रममा मृत्यु भएको हो ।
आगलागीमा परी घाँटी र कम्मर मुनिको भाग अत्यधिक जलेपछि सार्कीलाई उपचारका लागि कीर्तिपुर अस्पताल काठमाण्डौ राखिएको थियो । उपचार सम्भव नभएपछि घर फर्कने क्रममा हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मिटारमा गए राति मृत्यु भएको मृतकका आफन्तले बताएका छन् ।