८ मंसिर २०८१, शनिबार

काठमाण्डाैमा जेठ २० गतेसम्म थपियो निषेधाज्ञा : के खाेल्न पाइन्छ, के खोल्न पाइँदैन ?


काठमाडौं उपत्यका

काठमाण्डाै । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा एक साताका लागि थपेर जेठ २० गतेसम्म लम्ब्याएको छ । उपत्यकाका ३ जिल्लाहरु काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरूको आज मंगलबार बसेको बैठकले जेठ २० गते मध्यरातसम्मका लागि निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो ।

कोरोना भाइरस संक्रमण नघटेको र आवागमन पनि कायमै रहेको निष्कर्ष निकाल्दै रोकथामका लागि काठमाडौं उपत्यकामा जारी गरिएको निषेधाज्ञा अवधि एक हप्ता थप्ने र निषेधाज्ञालाई थप कडाइ गर्ने निर्णय गरेकाे हाे । थप गरिएको निषेधाज्ञा जेठ १४ गते बिहान १ बजेदेखि जेठ २० गते मध्यरातसम्म कायम रहनेछ ।

एक साताको परिस्थिति हेरेर थप निर्णय गरिने निष्कर्षमा तीनै जिल्ला प्रशासन पुगेका छन् । कोरोना महामारीका कारण वैशाख १६ गतेदेखि काठमाडौं उपत्यकामा निषेधाज्ञा लागू हुँदै आएको छ ।

के खोल्न पाइन्छ ?

१. तरकारी पसल भने बिहान ९ बजेसम्म मात्र खोल्न पाइने छ । थपिएको निषेधाज्ञा अवधिमा बिहान ९ बजेसम्म तरकारी, फलफूल, दूध, मासु र ग्यासको पसल खोल्न पाइनेछ ।

२. औषधि, खाद्यवस्तु तथा अन्य अत्यावश्यक उपभोग्य वस्तु वा सेवा खरिदको कामका साथै अत्यावश्यक सेवा लिनु पर्दा बाहेक कोही पनि घरबाहिर निस्कन नपाउने र बिहान, बेलुकाको हिँडडुल पनि बन्द गरिएको छ ।

के खोल्न पाइँदैन ?

१. काठमाण्डौ उपत्यकामा किराना पसल र डिपार्टमेन्ट स्टोरहरू पनि खोल्न नपाइने भएको छ ।

२. सबै प्रकारका सभा, सम्मेलन, गोष्ठी, तालिम, सेमिनार, दोहोरी, फुटसल, जिमखाना र मानिसहरुको भिडभाड हुने अन्य सबै प्रकारका कार्यक्रम सञ्चालन गर्न रोक लगाइएको छ ।

३. विवाह, व्रतबन्धको हकमा बढीमा सात जनासम्म स्वास्थ्य मापदण्ड पालना गर्ने गरी आफ्नो घर वा बसेको ठाउँमा मात्र गर्न पाइनेछ ।

४. पुजारीबाट हुने नित्य पूजाबाहेकका सबै धार्मिक, सांस्कृतिक गतिविधि सञ्चालन गर्न नपाइने आदेशमा उल्लेख छ ।

५. तरकारी, फलफूल, दूध डेरी, मासु, खानेपानी र ग्यास पसल बिहान नौ बजेसम्म मात्र खोल्न पाइनेछ । खाद्यान्न तथा किराना पसल, डिपार्टमेन्टल स्टोरलगायत भने खोल्न पाइने छैन ।

६. जिल्ला प्रशासन कार्यालय तथा अन्य निकायबाट यसअघि जारी गरिएका सबै पास रद्द गर्ने पनि आदेशमा उल्लेख छ ।

थप जानकारीको लागि यो आदेश पढ्नुहोस्
थप जानकारीको लागि यो आदेश पढ्नुहोस् थप जानकारीको लागि यो आदेश पढ्नुहोस्थप जानकारीको लागि यो आदेश पढ्नुहोस्


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !