१५ असार २०८१, शनिबार

काठमाडौं उपत्यकाका तीनवटै जिल्लामा निषेधाज्ञा लगाउने तयारी


काठमाडौं उपत्यका

काठमाडौं । कोभिड-१९ प्रकोप नियन्त्रणका लागि काठमाडौं उपत्यकाका तीनवटै जिल्लामा निषेधाज्ञा लाग्ने सम्भावना देखिएको छ । कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले ५०० भन्दा बढी संक्रमित भएका शहरी जिल्लामा निषेधाज्ञा जारी गर्नुपर्ने सिफारिस आज गरेको छ ।

सीसीएमसीले शहरी क्षेत्रमा ५०० सक्रिय संक्रमित नाघे निषेधाज्ञा गर्न सक्ने अधिकार जिल्लालाई दिन सिफारिस गरेको छ । काठमाडौँ उपत्यकाका तीनवटै जिल्लामा ५०० बढी सक्रिय संक्रमित छन् ।

जिल्लामा रहेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) मार्फत निर्णय गर्ने गरी प्रमुख जिल्ला अधिकारीलाई निषेधाज्ञाको अधिकार दिन लागिएको हो । योसँगै काठमाडौं उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीले पनि संयुक्त छलफल गरेर निषेधाज्ञा लगाउने तयारी गरेका छन् ।

काठमाडौं, भक्तपुर र ललितपुरलाई छुट्टाछुट्टै हेर्न नमिल्ने भन्दै उनीहरुले संयुक्त निर्णय गर्ने तयारी गरेका हुन् । अघिल्लो वर्ष पनि उपत्यकाका तीन जनै प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकबाट निषेधाज्ञाबारे निर्णय हुने गरेको थियो ।

सीसीएमसीको बैठकपछि भोली उपत्यकाका तीनजना प्रमूख जिल्ला अधिकारीको संयुक्त बैठक बसेर निर्णय भएका छन् । सीसीएमसीको सिफारिसलाई मन्त्रीपरिषदले स्वीकृत गरेपछि मात्रै निषेधाज्ञा गर्ने निर्णय हुनेछ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !