२१ बैशाख २०८१, शुक्रबार

दीक्षितलाई सोमबार अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश


superme court

आफ्ना पति कनकमणि दीक्षितलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानुनी रुपमा थुनामा राखेको भन्दै उनकी पत्नी शान्ता दीक्षितले बुधबार सर्वोच्च अदालतमा दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिट निवेदन उपर सुनुवाइ गर्दै सर्वोच्चले यस्तो आदेश दिएको हो।
सोमबार अख्तियारको लिखित जवाफ र दीक्षितलाई पनि उपस्थित गराउन कायममुकायम प्रधानन्यायाधीश सुशीला कार्कीको एकल इजलासले अख्तियारलाई निर्देशन दिएको हो।

साझा यातायात सहकारी लिमिटेडका अध्यक्षसमेत रहेका कनकमणि दीक्षितलाई आयोगले कानुनी प्रक्रिया नपुर्‍याई स्वेच्छाचारी ढङ्गले विना कुनै निर्णय गैरकानुनी रुपमा अनुसन्धान अघि बढाएको र थुनामा राखेको रिट निवेदनमा उल्लेख थियो।
कनकमणि दीक्षितका तर्फबाट उनकी पत्नीले अख्तियार दुरुपयोग अनुसन्धान आयोग, विशेष अदालतलगायतलाई विपक्षी बनाई रिट दायर गरेकी थिइन्।

यसअघि यही वैशाख १२ गते विशेष अदालतले साझा यातायातका अध्यक्ष कनकमणि दीक्षितलाई अनुसन्धानका लागि १० दिन थुनामा राख्न अनुमति दिएको थियो।

अख्तियारद्वारा दीक्षित: पक्राउ पुर्जी एस्तो छ
कनकमणि दीक्षितको आम्दानी पाँच करोड खर्च १२ करोड !

अकूत सम्पत्ति जोडेको अभियोगमा अख्तियारले यही वैशाख १० गते दीक्षितलाई पक्राउ गरेको थियो ।
दीक्षितको नाममा चेज बैंक अमेरिकाको खातामा अमेरिकी डलर १७ हजार २०८, श्रीमती शान्ता दीक्षितको नाममा बेलायतको एचएसबिसी बैंकमा ६८ हजार ९२६ अमेरिकी डलर र अमेरिकाको एप्पल बैंकमा बेलायती मुद्रा चार हजार १२६ रहेको अध्ययनको क्रममा पत्ता लागेको अख्तियारको दाबी छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !