१२ आश्विन २०८१, शनिबार

७ लाख रुपैयाँमा प्रमाणपत्र, ९ नक्कली इन्जिनियर


वैशाख १५, २०७३- प्रहरीले इन्जिनियरको नक्कली शैक्षिक प्रमाणपत्र बनाई विभिन्न स्थानमा कार्यरत ९ जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले गोप्य सुचनाका आधारमा नक्कली इन्जिनियरलाई उपत्यका विभिन्न स्थानबाट पक्राउ गरेको हो ।

प्रहरीका अनुसार अनुसार ललिपुर उपमहानगरपालिका गणबहालका अंकित खडा, ललितपुर नख्खिपोटका सुवित खडा, डोटी दिपायल सिलगढी नगरपालिकाका हितेश सिंह, खोटाङ बाकसिला गाविसका पुजनकुमार खत्री, काठमाडौं बुढानिलकण्ठका सनतत श्रेष्ठलाई पक्राउ गरेको हो ।

गणबहालका अंकित खडा घरमै लामो समयदेखि नक्कली शैक्षिक प्रमाणपत्र बनाई विक्री गर्दै आएको अनुसन्धानमा खुलेको महाशाखा एसएसपी सर्वेन्द्र खनालले जानकारी दिए ।  खडाले सरकारी कार्यालयको नक्कली छाप र कागजातसमेत बनाउने गरेको उनले बताए ।

चाँगुनारायणस्थित नेपाल इन्जिनिरियङ क्याम्पसमा अध्ययन गरेर इन्जिनियरिङ परीक्षा उर्तीण गर्न नसकेपछि अभियुक्तहरुले कम्प्युटरमै प्रोभिजिनल, ट्रान्सकिप्ट सर्टिफिकेट बनाई विभिन्न सरकारी तथा प्राइभेट नोकरीको लागि पेशको गरेको एसएसपी खनाले बताए ।

‘अधिकांसले पोखरा विश्व विद्यालयबाट सम्बन्धन प्राप्त नेपाल इन्जिनियरिङ क्याम्पसबाट पासको गरेको शैक्षिक प्रमाणपत्र बनाएका छन्’ उनले भने, ‘प्रारम्भिक अनुसन्धान अनुसार मुलुकमा नक्कली इन्जिनियरिङको विगविगी छ, कि ? जस्तो लाग्न थालेको छ ।’ अंकिंत खडाले नक्कली शैक्षिक प्रमाणपत्र बनाउने र सुवितले इन्जिनियरिङ काउन्सिलको लाइसेन्स मिलाउने गर्ने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा उल्लेख छ । करिव २० जना भन्दा बढीको इन्जिनियरको शैक्षिक प्रमाणपत्र अनुसन्धान भइरहेको उनले बताए ।  ‘प्रति व्यक्ति ५ देखि ७ लाख रुपैयाँसम्म लिने गरेको पाइएको छ’ उनले भने, ‘डाक्टर नक्कली, इन्जिनियर नक्कली अब त अचम्म लाग्न थाल्यो, जनताले कसलाई विश्वास गर्ने ?’ ।

विस्तृतरुपमा अध्ययन गरे नक्कली इन्जिनियरको ठूलो संख्यालाई पक्राउ गर्न सकिने उनले बताए । नेपाल इन्जिनियरिङ क्याम्पसको नक्कली प्रमाणपत्र प्रयोग गरि भारतका विभिन्न टीभी च्यानल र नेपालस्थित सुविसु केबलमा जागिर खाइरहेको समेत फेला परेको प्रहरी अनुसन्धानमा छ । इन्जिनियरङ कान्सिलसँग समन्वय गरेर नक्कली इन्जिनियरिङको शैक्षिक प्रमाण छानवीन गरिने उनले बताए । ‘यसले शैक्षिक विकृती बढाउँछ, नक्कली प्रमाणपत्र छानवी गरेर अभियुक्तलाई कानुनी दायरामा ल्याउनैपर्छ’ उनले भने, ‘ धेरै व्यक्तिको शैक्षिक प्रमाणपत्र अनुसन्धानको दायरामा छ, अहिल्यै सार्वजिनक गर्न मिल्दैन, अनुसन्धान प्रभावित हुन्छ, तर म दाबीका साथ भन्छु नक्कली इन्जिनियरको यहाँ विगविगी छ ।’ महाशाखाका प्रवक्ता सहकुल थापाले केही दिनभित्रै ठूलो संख्यामा नक्कली इन्जिनियरलाई कानुनी दायरामा ल्याउने तयारी भइरहेको बताए । ‘अनुसन्धान जारी छ’ उनले भने, ‘ उजुरी आउनेक्रम जारी छ ।’


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !