८ बैशाख २०८१, शनिबार

करोडौंको हिरा र सुन बरामद, सूचना लुकाउन खोज्दै प्रहरी


jelelry

१३ वैशाख, काठमाडौं । धनगढी बसपार्कस्थित एसएस कलेक्सन सेन्टरको सटरमा लुकाएर राखेको बहुमूल्य हिरा र सुन प्रहरीले बरामद गरेको छ ।

सूचनाका आधारमा डोटीका शंकर भुललाई नेपालगञ्जबाट पक्राउ गरेपछि उनले लुकाएर राखेको उक्त बहुमुल्य पत्थर धातु बरामद गर्न प्रहरी सफल भएको आजको नागरिक दैनिकमा समाचार छ ।

प्रहरीले उक्त पसलको सटरको कभरमा लुकाएर राखिएको २ पोको हिरा र सुन बरामद गरेको प्रत्यक्षदर्शी व्यापारीले बताएका छन् । प्रहरीले भने यो घटनाबारे केही जानकारी नदिएर गोप्य राख्न खाजेको छ ।

प्रहरीले  शनिबार तयारी मुचुल्कामा ४ स्थानीय व्यापारीलाई हस्ताक्षर गराएको थियो । करिब ६ इन्च चौडाइ र ६ इन्च लम्बाइ भएका २ पोका प्रहरीले बरामद गरेको हो,’ मुचुल्कामा हस्ताक्षर गर्ने छिमेकी पसलका व्यापारी जनक पुजाराले बताए ।

प्रहरीले पोका फुकाएर सबै सामान नदेखाएको ती व्यापारीले बताए । मुचुल्कामा सेतो पत्थर, पहेलो धातु, चुरा २ थान, सिक्री औँठीलगायतका साभाग्री लेखिएको पुजाराले बताए ।

हस्ताक्षर गर्ने अर्का व्यापारी गोपाल पौडेलले स्थानीय एक व्यक्तिले ती सामाग्रीको मोबाइलले खिचेको फोटा मेटाउनलन लगाएको बताए ।

एकिन नभएपनि करिब ८० करोड रुपैयाँबराबरको हिरा सुन प्रहरीले फेला पारेर लगेको स्थानिय व्यापारीले बताएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !