६ कार्तिक २०८१, मंगलबार

तारकेश्वोर नगरपालिका, काभ्रेस्थलीमा एतिहासिक इन्द्रायणि जात्रा मनाइदै


Kavrsthali goddss

– राम ठकुरी

काभ्रेस्थली, तारकेश्वोर ,बैशाख १२, नेपाल प्राकृतिक यबम सास्कृतिक विविधताले भरिपुर्ण देश हो। यहाँ परापुर्बक काल देखिनै विभिन्न पर्व अनि जात्रा हरु मनाउने चलन रहेको छ। विशेष गरि राजधानी काठमाडौ, भक्तपुर र ललितपुर मा भिविन्न देवि देवात को पुजा अर्चनाका साथ जात्रा मनाउने चलन छ। प्रत्यक बर्श चैत्र र बैशाख महिमामा उपत्यका भित्र अधिकाम्श स्थानमा एतिहासिक जात्रा मनाइन्छ। भक्तपुरको बिस्केट जात्रा, काठमाडौ बसन्तपुरको इन्द्र जात्रा, हाँडीगाउको जात्रा, बालाजु बाइशधाराको जात्रा, ललितपुर बुम्गतीको रातो मछिन्द्रनाथको जात्रा, टोखा सपनतिर्थको बिस्केट जात्रा, धर्मस्थलीको जात्रा, तारकेश्वोर काभ्रेस्थलीको इम्द्रायणी देवी को जात्रा आदि केही उदाहरण हुन।

girls in tradition
तारकेश्वोर नगरपालिकाको काभेस्थलीमा बर्सेनि चैत्र वा बैशाख पुर्णिामामा इन्द्रायणि देविको पुजा गरि धुमधामका साथ जात्रा मनाइन्छ।

festival

यो जात्रा ४ दिन सम्म मनाइन्छ। पुर्णिमाको आघिल्लो दिन देवि लाई राँगो बलि दिइन्छ। दोस्रो दिन( पुर्णिमा) मा देविको रथ लाई सिगारी बेलुकी बाजागाजाका साथ पुजा गरिन्छ। राती देविलाइ थुमा बलि दिइ पुजा गरिन्छ भने पुर्णिमा को भोलि पल्ट धुमधाम का साथ परम्परागत र आधुनिक बैन्ड बाजागाजा सहित सिन्दुरे जात्रा गरिन्छ र चौथो दिन आफन्तजन र साथीहरू सङ्ग बसि भोज खाइ  बाजागाजा र नाचगान गर्दै यो जात्रा मनाइन्छ।

musical instrument

god an culture

यो जात्रा बिशेश गरि यहाका नेवार र खड्गी समुदायहरुले मनाउछ्न भने अरु जातीहरुले पनि देविको पुजा गरि जात्रा अबलोकन गर्दछ्न।

people an culture

religious gathering

 

यस जात्राका धामी (पुजारी ) मनमैजु निबासी आसालाल महर्जन ज्यु ले हाम्रो देशको यो संस्कृति अमुल्य सम्पत्ति हो र यसको जगेर्ना गर्नु हाम्रो कर्तव्य हो भन्नु हुन्छ तर जात्रा र पर्व मनाउदा कहि कतै पुरानो परम्पराको पुर्ण रूपमा पालन नगरिएकोमा चिन्ता प्रकट गर्नु भएको छ। उहाले यस्ता पर्व र जात्रा मनाउदा एतिहासिक चलन चल्तीलाई कायम गरि बिकृतीहरु पैदा हुन नदिने तर्फ सबैको ध्यानाकर्षण हुनु पर्ने बिचार प्रस्तुत गर्नु भएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !