१२ आश्विन २०८१, शनिबार

कोरिया जाने नेपालीहरुलाई नयाँ नियमः बीचमै काम छाडेर आए फेरि जान नपाइने


Deported Migrant workers are checked by inspection officers before they leave for their foreign jobs at the Tribhuwan International Airport in Gaushala, Kathamandu. (Yam Kumari Kandel, GPJ Nepal)

२२ पुस, काठमाण्डौ ।  दक्षिण कोरिया जाने नेपाली कामदारका लागि नयाँ नियम लागू भएको छ । कोरिया सरकारले दोस्रोपटक वर्किङ भिसाको अवधि पुरा नगरी बीचैमा काम छाडेर फर्किने तेस्रोपटक कोरिया जान नदिने नियम ल्याएको हो ।

यसले गर्दा आफ्नो कार्यकाल पुरा नगरी वर्क पर्मिट क्यान्सिल गरेर आउने कामदार मर्कामा पर्नेछन् । कामदारले बीचमै कोरिया छाडेर आउने क्रम बढेपछि कोरियन सरकारले यस्तो निर्णय गरेको हो ।

कोरियामा पहिलो पटक भाषा परीक्षा पास गरेर गएकाले ४ वर्ष १० महिना काम गर्न पाउँछन् । दास्रोपटक कम्प्युटरमा आधारित भाषा परीक्षा दिएर अर्को ४ वर्ष १० महिनाको लागि जान पाइन्छ । तर, दोस्रोपटक जानेहरु बीचमै विभिन्न कारण देखाउँदै काम छाडेर फर्किने र फेरि भाषा परीक्षा दिएर कोरिया फर्किने गरेको पाइएपछि रोक लगाइएको बुझिएको छ ।

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !