१९ असार २०८१, बुधबार

चिकित्सकहरु लाइसेन्स परीक्षामा ४१ प्रतिशत फेल 


surgery-doctor-hospital

२० पुस, काठमाण्डौ ।  चिकित्साशास्त्रमा स्नातक (एमबीबीएस) गरेका नेपालकै मेडिकल कलेजबाट ४१ प्रतिशत डाक्टर लाइसेन्स परीक्षामा फेल भएपछि पढाइको स्तरमा प्रश्नचिह्न खडा भएको छ । एमबीबीएस परीक्षामा अनियमितताको कारणले यति ठूलो संख्यामा चिकित्सकहरू फेल भएको मानिएको छ ।

एमबीबीएसका विभिन्न तहको परीक्षा विश्वविद्यालयले लिने पास भएकाहरू काउन्सिलको लाइसेन्स परीक्षामा ठूलो संख्यामा फेल हुनुले परीक्षा नै शंकास्पद रहेको विज्ञहरूले औंल्याएका हुन् । चिकित्सा शिक्षा प्रणालीकै गडबडी कारक रहेको विज्ञहरूले औंल्याउँदै यसलाई अविलम्ब सुधार गर्न चेतावनी दिएका छन् ।

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !