, कुलमान घिसिङको धर्मपत्नी भन्दै गलत प्रचार गर्नेलाई कारवाही गर्न माग

कुलमान घिसिङको धर्मपत्नी भन्दै गलत प्रचार गर्नेलाई कारवाही गर्न माग

काठमाडौं, ११ असोज । एउटा फेसबुक पेजले आइतबार कुलमान घिसिङको धर्मपत्नी भन्दै गायिका तथा फिल्म निर्मात्री छिमी मान्मा तामाङको फोटो पोष्ट गरेपछि गायिका तामाङ आक्रोशित भएकी छन् । ‘नेपाली न्युज’ नाम फेसबुक पेजमा नेपाल विद्युत प्राधिकरणका पुर्व कार्यकारी निर्देशक घिसिङ र गायिका छिमी मान्मा तामाङको फोटो पोष्ट गर्दै लेखेको छ, ‘नेपालको रियल हिरो कुलमान घिसिङ र उहाँको धर्मपत्नी लाई कति लाइक ? हेरौँ’ । उनले यसरी फेक सुचना प्रर्वाह गर्ने ‘नेपाली न्युज’ नामक फेसबुक पेजलाई कारबाही गर्न माग गरेकी छन् । गायिका छिमी र घिसिङ साइनोले साली–भेना हुन् ।

घिसिङकी पत्नी दीपा तामाङ हुन् । उक्त फेसबुक पेजको पोष्टबाट पाठकमा गलत सुचना प्रवाह नहोस् भन्ने ध्येयले गायिका छिमीले आइतबार घिसिङ र उनकी पत्नी दीपाको समेत तस्बिर शेयर गरेकी छन् । गायिका छिमीले आफ्नो फेसबुकमा तस्बिर पोष्ट गर्दै लेखेकी छन्, ‘कुलमान घिसिङज्यूको धर्मपत्नी यहाँ हुनुहुन्छ, सबैलाइृ जानकारी होस् । सत्यतथ्य नबुझी यसरी अरुको फोटो दुरुपयोग गरेर जनतालाई भ्रम छरेर पेज लाइक बढाउनेहरुलाई कानुनी कारबाही हुनुपर्यो ।’-दृष्टिवाट

कुलमान घिसिङ र उनकी पत्नी दीपा

  कुलमान घिसिङ र उनकी पत्नी दीपा