१७ असार २०८१, सोमबार

सिरहास्थित मालपोत कार्यालयमा बम बिस्फोट


७ पुस, सिरहा l सिरहास्थित मालपोत कार्यालयमा बम बिस्फोट हुँदा तीन जना घाइते भएका छन्।

दिउँसो साढे एक बजे भएको बिस्फोटमा परी सिरहा नगरपालिका १२ सारसरका राजकुमार पासवान, रोशन कुमार पासवान र लेखापढी व्यवसायी पवन पासवान घाइते भएका हुन्।

तीन जनामध्ये सिरहा एक नम्बर वडाका पवनको अवस्था चिन्ताजनक रहेकाले थप उपचारका लागि पठाउने तयारी भइरहेको छ।
मालपोत कार्यालय नजिकै बिस्फोट भएकाले प्रहरीले मालपोत परिसर खाली गराइएको छ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !