१८ असार २०८१, मंगलबार

आफ्ना बच्चाहरुलाई चलाख बनाउन चाहनु हुन्छ ?


bilinguals

एक नयाँ अध्ययनले देखाएको छ, द्विभाषी वातावरणमा हुर्किएका बच्चाहरुमा निर्णय क्षमता र कुनै पनि समस्या हल गर्ने  सीपको विकाश उनीहरु बोल्ने क्षमता अगाडी नै विकाश हुन्छ  ।

वाशिंटन विश्वविद्यालयको  एक अध्ययनमा सोह्र जना बच्चालाई समावेश गरिएको थियो । आधा संख्यामा अंग्रेजी बोल्ने परिवारका बच्चा थिए र आधा अंग्रेजी-स्पेनिश  बोल्ने परिवारका बच्चा  थिए । उनीहरुलाई विभिन्न साधारण देखि विशेष अंग्रेजी-स्पेनिश ध्वनि सुनाइएको थियो। सोधकर्ताहरुले उनीहरुको ध्वनिको प्रतिक्रिया अनुगमन गरेका थिए । म्याग्नेटोइन्सेफ्यालोग्राफी (एम.ई.जी.) मार्फत बच्चाहरुको दिमागका कुन भागहरु  उक्त विद्युत -चुम्बकीय क्रियाले सक्रिय भएका थिए भनेर सोधकर्ताहरुले राम्ररी अध्ययन गरेका थिए ।

प्रिफ्रोंटल  कर्टेक्स र अर्बिटोफ्रन्टल कर्टेक्स दिमागका यस्ता भाग हुन् ,जुन सबैमा  निर्णय क्षमता र कुनै पनि समस्या हल गर्ने कार्यमा सक्रिय हुन्छन्  । अध्ययनमा समावेश गरिएका बच्चाहरुका दिमागका यी भागहरु अधिक सक्रिय भएको पाइएको थियो ।”जुन बच्चाहरु दुई भाषाका बोलीचालीको वातावरणमा हुर्किएका थिए, उनीहरु एक भाषीय वातावारंमा हुर्किएका साथीहरुभन्दा बढी समय नयाँ शब्द र ध्वनि सुन्नका लागि उत्सुक भएको पाइएको छ “,सोधकर्ता प्यट्रिसिया कुहल भन्छिन् ।

अरु अध्ययनले पनि प्रस्ट पारेका छन्  कि बच्चामा जस्तै प्रौढ मानिसहरुमा पनि यो नियम लागु हुन्छ, द्विभाषी प्रौढहरुको दिमाग एक भाषी प्रौढहरुको भन्दा चलाख हुन्छ ।  त्यसकारण जति चाँडो  बच्चाहरुलाई बहुभाषामा अभ्यस्त पारिन्छ, उनीहरु दिमागीय कार्य क्षमता  त्यति नै राम्रो हुन्छ ।

(‘बिग थिङ्क’बाट साभार गरिएको )


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !