१७ असार २०८१, सोमबार

त्रिभुवन विश्वविधालयमा दरबन्दी थप्न दबाब


Tribhuvan university

३ पुस, काठमाडौँ l निर्वाचन आयोगले दिएको आदेशको अवज्ञा गर्दै मंसिर ८ को मन्त्रिपरिषद्ले गरेको निर्णय कार्यान्वयन गर्न भन्दै शिक्षा मन्त्रालयले मंसिर २८ मा आयोगलाई पत्राचार गरिसकेको छ। मन्त्रिपरिषद्को निर्णय अनुरुप त्रिविमा १ हजार ४ सय २० दरबन्दी थप गर्ने निर्णय कार्यान्वयन गर्न विश्वविद्यालय अनुदान आयोगलाई दबाब दिइरहेको हो ।

योग्यबीच प्रतिस्पर्धाबाट करारमा नियुक्ति गर्नुपर्नेमा अनशन बसेर दबाब दिएकै आधारमा सरकारले त्रिविमा कार्यरत आंशिक शिक्षकलाई स्वत: करारमा नियुक्ति गर्न दरबन्दी थप गरेको हो । त्रिविमा भएका प्राध्यापकलाई नै पर्याप्त कक्षा दिन सकिएको छैन । आंशिक शिक्षक र सरकारबीच सम्झौता भएअनुसार दरबन्दी थप गर्ने तर्क अघि सरेको छ ।

दरबन्दी थप गर्ने निर्णय आचारसंहिताविपरीत भएको भन्दै आयोगले मंसिर ९ मा सहमति अस्वीकृत गरेको थियो । निर्वाचन आयोगको आदेशविपरीत भएको भन्दै अनुदान आयोगले प्रक्रिया अघि बढाएको छैन ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !