२१ बैशाख २०८१, शुक्रबार

छब्बीस किशोर सीमाबाट फिर्ता


रोजगारीका लागि पश्चिमी नाका गडडाचौकी भएर भारत जान लागेका दैलेखका किशोरहरुलाई भारतीय सिमा सुरक्षा बल (एसएसबी) ले उद्दार गरी नेपाल फिर्ता पठाएका पछि जिल्ला प्रहरी कार्यालय कञ्चनपुर परिसरमा

भीमदत्तनगर, ६ वैशाख । रोजगारीका निम्ति भारत हिँडेका दैलेखका २६ किशोर कञ्चनपुरको गड्डाचौकीबाट भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले स्वदेश फिर्ता गरेको छ ।

दुई समूहमा दैलेखका १० वर्षदेखि २० वर्षसम्मका किशोर रोजगारीका लागि जान लागेका बेला एसएसबीले उद्धार गरी सोमबार इलाका प्रहरी कार्यालय गड्डाचौकीको जिम्मा लगाएको हो ।

उद्धार गरिएका किशोर अधिकांश स्कुले विद्यार्थी हुन् । उनीहरू दैलेखको ल्याटीबिन्द्रा र  जम्बुकाध गाविसका रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । उनीहरूलाई दैलेख ल्याटिबिन्द्रा गाविस-६ का कमल रावलले नोकरीका गर्न भनी लिएर हिंडेका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !