१३ आश्विन २०८१, आइतबार

निर्वाचनका परिदृश्य :



१. काठमाडौं क्षेत्रनम्बर १ मा कांग्रेस उम्मेदवार प्रकाशमान सिंह र विवेकशील साझा पार्टीका रविन्द्र मिश्रबीच जम्काभेट भएको देखियो ।
मतदान स्थलहरुमा पुग्ने क्रममा सिंह र मिश्रबीच काठमाडौं महानगरको वडा नम्बर ११ को दुरसञ्चार मतदान केन्द्रमा भेट भएको हो । भेटमा दुबै उम्मेदवारले एकअर्कालाई शुभकामना दिनुका साथै सामूहिक तस्वीर खिचाएका थिए।

२. मतदान चलिरहँदा नवलपरासीका २ छुट्छुटै मतदान केन्द्रमा बम विस्फोट हुँदा ६ जना घाइते भएका छन् । घाइते सबै खतरामुक्त रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

३. १२ बजेसम्ममा ३५ % मतदान भएको आंकलन गरिएको छ।

४. निर्वाचनमा एक करोडभन्दा बढी मतदाताले आ–आफ्नो मतदान केन्द्रमा गई मताधिकार प्रयोग गर्दैछन्।

५.धनुषाको महादेवा गाउँपालिका –२ को आधारभूत मतदान केन्द्रमा कोही पनि मत हाल्न नआएपछि त्यसमा चुनाव बहिष्कार अभियान चलाएका सिके राउतको भूमिका देखिएको भन्दै प्रहरीले उनलाई पक्राउ गरको हो। उनलाई जनकपुरकाे डेराबाट पक्राउ गरिएको हो।

६. झापाबाट चुनाव लडेका एमाले अध्यक्ष केपी शर्मा ओलीले भक्तपुरबाट मतदान गर्दैछन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !