१२ आश्विन २०८१, शनिबार

विस्फोटक पदार्थ सहित दुई भारतीय नागरिक पक्राउ


criminal

१५ मंसिर, धादिङ । काँकडभिट्टाबाट काठमाडौं आइरहेको ना ७ ख ४९७६ नम्बरको बसबाट खानीखोला प्रहरीले विस्फोटक पदार्थ सहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको हो । विशेष सूचनाका आधारमा उक्त बस खानतलासी गर्दा उनीहरुलाई विस्फोटक समाग्री सहित आवश्यक उपकरणपनि बरामद गरेको हो।

खानीखोलाका असइ दीपेन्द्र भट्टको कमाण्डमा रहेको प्रहरीले बसबाट भारतीय नागरिकलाई विस्फोटक सामाग्री बनाउन चाहिने कच्चा पदार्थ र उपकरणसहित पक्राउ गरिएको धादिङ जिल्ला प्रहरी प्रमुख एसपी ध्रुवराज राउतले जानकारी दिए । उनले सबै सामान नष्ट गर्न गजुरीस्थित सेनालाई जिम्मा लगाउने तयारी भइरहेको छ।

सुरक्षा संवेदनशीलतालाई ध्यान दिँदै प्रहरीले ती भारतीय नागरिकको नाम भने गोप्य राखेको र पक्राउ परेका भारतीयसँग थप अनुसन्धान भइरहेको अधिकारीहरुले जानकारी दिएका छन ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !