१७ असार २०८१, सोमबार

‘भाग्यले बाँचेकाहरू’लाई उत्कृष्ट पुरस्कार


काठमाडौं, ५ वैशाख । वैशाख १२ को महाभूकम्पमा परी संयोगले जीवन पाएकाहरूमाथि बनेको वृत्तचित्र ‘भाग्यले बाँचेकाहरू’ले बेलायतमा उत्कृष्ट पुरस्कार जितेको छ ।

बेलायतको स्कटल्यान्डमा पहिलो ‘एडिनबरा नेपाली चलचित्र महोत्सव’मा सो वृत्तचित्रले उत्कृष्ट वृत्तचित्र पुरस्कार जितेको हो ।

नेपाल-बेलायत सम्बन्ध स्थापनाको २०० वर्ष पुगेको अवसरमा स्कटल्यान्डका नागरिकद्वारा पहिलो पटक वृत्तचित्र महोत्सव आयोजना गरिएको थियो । महोत्सवमा नेपालका तर्फबाट अन्य वृत्तचित्र पनि प्रतिस्पर्धामा रहेका थिए ।

सञ्चारकर्मी गणेश पाण्डेद्वारा निर्देशित ‘भाग्यले बाँचेकाहरू’ले उत्कृष्ट वृत्तचित्रको ट्रफी उचालेको छ ।
सबिन बास्तोला निर्देशित ‘सुनपानी’ले ‘उत्कृष्ट फिचर फिल्म’ र कमल भट्ट निर्देशित ‘चोख्यानी’ले ‘उत्कृष्ट सर्ट मुभी अवार्ड’ जितेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !