२१ बैशाख २०८१, शुक्रबार

जापानमा भूकम्पको धक्का रोकिएन


शनिबार सबेरै जापानको दक्षिणपश्चिमी कुमामोतो क्षेत्रमा ७.३ रेक्टरस्केलको भूकम्प जाँदा १५ जनाको मृत्यु भएको छ । भूकम्पलगत्तै पराकम्प जानेक्रम नरोकिएको फुकुओकास्थित नेपाली विद्यार्थी राजेन्द्र पराजुलीले बताए ।

त्यहाँ मानवनिर्मित संरचनाहरु बलियोसँ बनाइएकोले भूकम्पका बेला स्थानीयहरु ढुक्कले घरमै बस्छन् भने नेपालीहरु भने भागाभाग गर्ने पराजुली बताउँछन् । नेपालीहरु सबै सुरक्षित रहेका छन् । शनिबार अबेरसम्म निकै कम समय अन्तरालमा शक्तिशाली पराकम्प गइनै रहेको पराजुलीले फोनमा नेपालपत्रलाई बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !