६ पुस २०८१, शनिबार

नारायणहिटी छोडेको दुई दशक पुरा हुनै लाग्दा पनि जनताको आकाङ्क्षा पुरा नहुँदा बेचैनी बढाएको छ : पूर्वराजा शाह


पूर्वराजा ज्ञानेन्द्र

काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले जनताको जीवनमा परिवर्तन ल्याउन जस्तोसुकै त्याग गर्न पनि तत्पर रहने शाह वंशीय परम्पराको यथोचित पालना गर्दै आफूले नारायणहिटी दरबार छोडेको दुई दशक पुरा हुनै लाग्दा पनि स्वदेश मै हर्षका साथ रहने नेपाली जनताको आकाङ्क्षा पुरा नहुँदा आफूलाई बेचैनी बढाएको बताएका छन् ।

विजया दशमीको उपलक्ष्यमा शुभकामना सन्देश जारी गर्दै पूर्वराजा शाहले सबै दिन नेपालीले खुसी र सुख प्राप्त गरेको हेर्ने चाहना पुरा हुन नसक्दा आफूलाई दुःख लाग्नु स्वाभाविक भएको बताएका हुन् ।

उनले खुसी हुनका लागि दसैं कुर्नु नपरोस् भनी कामना समेत गरेका छन् । उनले बाह्रय शक्तिराष्ट्रहरूको दवाव र दुष्प्रभाव नपरी नेपालीहरू दसैंमा मात्र नभएर अन्य समयमा पनि खुसी र सुखी रहने अवस्था सिर्जना होस् भनी कामना पनि गरेका छन् ।

नेपाल अहिले अत्यन्तै असहज अवस्थामा रहेको निरन्तरको परनिर्भरता र ऋणको भारले थिचिएको उनको भनाई छ । गाउँबस्ती र सहरी क्षेत्र क्रमशः ‘युवा शक्ति विहीन’ बन्दै गइरहेको बताउँदै उनले आज मुलुकमा युवा शक्तिले कमाउने र रमाउने वातावरण बन्न नसकेको जिकिर गरेका छन् ।

युवालाई स्वदेश मै रोजगारी सिर्जना गर्दै आत्मनिर्भर अर्थतन्त्रको विकास गर्न विकल्प प्रस्तुत गर्न नसक्नुको परिणाम आज मुलुकले कहालीलाग्दो अवस्था भोग्दै गरेकोमा उनले चिन्ता व्यक्त गरेका छन् । जनताको जीवनमा सकारात्मक परिवर्त ल्याउनका लागि आफूहरूले दरबार छाडेतापनि अहिले त्यसो नभएको उनको भनाई छ ।

यस्तो छ पूर्वराजा शाहले जारी गरेको प्रेस विज्ञप्ति

यस्तो छ पूर्वराजा शाहले जारी गरेको प्रेस विज्ञप्ति

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !