२ कार्तिक २०८१, शुक्रबार

पेशागत कर्ममा अविचलित रहनेमा विश्वस्त छु : प्रधानसेनापति शर्मा


प्रभुराम शर्मा

काठमाडौँ । नेपाली सेनाको २६१ औँ स्थापना दिवसका अवसरमा प्रधानसेनापति प्रभुराम शर्माले दिएको शुभकामना सन्देशमा स्वदेश तथा विदेशमाकार्यरत सकलदर्जा, अवकाशप्राप्त सैनिक तथा परिवार एवम् नेपाली सेनामा कार्यरत निजामती कर्मचारीमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गरेका छन् ।

सन्देशमा उनले नेपाली सेनाले जस्तोसुकै परिस्थितिमा पनि पेशागत चरित्रबाट विचलित नभई देशको सार्वभौमसत्ता, स्वाधीनता, राष्ट्रिय एकता र भौगोलिक अखण्डताको रक्षार्थ संविधान प्रदत्त एवम् नेपाल सरकारबाट प्राप्त जिम्मेवारी पूरा गर्दै आएको स्मरण गरेका छन् ।

प्रधानसेनापति सैनिक सेवा आत्मसम्मान र देशभक्तिले भरिएको निःस्वार्थ पेशाभएको कुरालाई मनन गर्दै प्राप्त जुनसुकै जिम्मेवारीमा उच्च पेशागत दक्षता प्रस्तुत गर्न सकलदर्जालाई सेना दिवसले प्रेरित गरोस् भन्ने कामना गरेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !