२४ भाद्र २०८१, सोमबार

नेपाली सेना राष्ट्र र जनताको हितमा समर्पित होस् : राष्ट्रपति पौडेल


रामचन्द्र पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली सेनाको गौरवमय छविलाई अझै उच्च बनाउँदै सदाझैं राष्ट्र र जनताको हितमा समर्पित रहन नेपाली सेनाका सकल दर्जालाई निर्देशन दिएका छन् ।

गौरवमय इतिहास रहेको नेपाली सेनाको २६१ औँ स्थापना दिवसका अवसरमा शुभकामना व्यक्त गर्दै उनले नेपाली सेना स्थापनाकालदेखि नै नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वतन्त्रता तथा राष्ट्रिय एकताकोरक्षार्थ क्रियाशील रही आएको बताए ।

नेपाली सेनाका परमाधिपति पौडेलले सन्देशमा भनेका छन्–संविधान प्रदत्त जिम्मेवारीका साथ अन्य जिम्मेवारीहरू पनि उत्कृष्ट ढङ्गले सम्पादन गर्दै आएको छ । नेपाली सेनाले संयुक्त राष्ट्रसङ्घीय शान्ति सेनाको रूपमा विश्व शान्तिस्थापना कार्यमा पुर्याउदै आएको योगदानकोख प्रशंसा गर्न चाहन्छु ।

राष्ट्रपतिले विपद् प्रतिकार्य, महामारी, प्रकृति तथा पर्यावरण संरक्षण, विकास निर्माण लगायतकाविविध क्षेत्रहरूमा नेपाली सेनाको सहभागिता सम्पूर्ण नेपाली जनता तथा नेपाल सरकारको लागि भरोसाको केन्द्रको रूपमा स्थापित छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !