९ असार २०८१, आइतबार

धर्म, कला, संस्कृति जोगाउन सबैको सत्सङ्कल्प आवश्यक रहेको छ : प्रदेश प्रमुख गुरुङ


पृथ्वीमान गुरुङ

गण्डकी । गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले धर्म, कला, संस्कृति जोगाउन सबैको सत्सङ्कल्प आवश्यक रहेको बताएका छन् ।

श्रीकृष्ण जन्माष्टमी पर्वको अवसरमा शुुभकामना सन्देश व्यक्त गर्दै उनले मुलुकको सभ्यता र सम्पन्नताका सूचक भाषा, धर्म, कला, संस्कृति, परम्परा तथा रीतिरिवाजलाई जोगाउन सबैको सत्सङ्कल्प आवश्यक भएको बताए ।

ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता श्रीकृष्णको जन्मोत्सवको दिन मनाइने यो पर्वले सम्पूूर्ण नेपालीहरूमा सुख, शान्ति, समृद्धि, सु–स्वास्थ्य एवं उत्तरोत्तर प्रगति ल्याओस भन्ने उनले कामना गरेका छन् ।

“ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता र पूर्ण अवतार भगवान् श्रीकृष्णको जन्म द्वापरयुुगमा भाद्र कृष्ण अष्टमीको मध्यरात अर्थात आजकै दिन भएकाले यस दिनलाई श्रीकृष्ण जन्माष्टमी र रातलाई मोहरात्रीको रूपमा मनाइँदै आएको छ”, सन्देशमा भनिएको छ ।

बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विविधतायुक्त समाजलाई एकताको सूत्रमा आबद्ध गरी धार्मिक सहिष्णुता तथा सद्भाव कायम गर्न श्रीकृष्ण जन्माष्टमी पर्वले सहयोग पुर्याउने प्रदेश प्रमुख गुरुङले विश्वास व्यक्त गरेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !