१४ बैशाख २०८१, शुक्रबार

कोशी प्रदेशका मुख्यमन्त्री कार्कीद्वारा नव वर्षको शुभकामना


हिक्मतकुमार कार्की

सुन्दरहरैँचा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सरकारका तर्फबाट नयाँ वर्ष २०८० को उपलब्ध शुभकामना सन्देश जारी गरेका छन् ।

मुख्यमन्त्री कार्कीले नयाँ वर्ष विसं २०८० को सुखद् उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीमा नयाँ उत्साह, जोसजाँगर र उमङ्गसहित सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एंव उत्तरोत्तर प्रगतिको लागि हार्दिक शुभकामना प्रकट गरेका छन् ।

उनले भनेका छन्, “नयाँ वर्षको आगमनसँगै मुलुक शान्ति, स्थिरता, सुशासनका साथै स्वच्छ, सुखी र समुन्नत प्रदेशको लक्ष्य हासिल गर्ने स्पष्ट गन्तव्यसहित अगाडि बढिरहेको हुँदा हामी सबैका लागि यो वर्ष सुखद् र उपलब्धिमूलक बन्न सकोस् ।”

मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान जारी भई लामो समयदेखिको राजनीतिक सङ्क्रमण समाप्त भएको र दुई वटा आम निर्वाचन सम्पन्न भएर मुलुक सङ्घीयता कार्यान्वयनको दिशामा अघि बढिरहेको जारी शुभकामना सन्देशमा उल्लेख गरिएको छ ।

यस घडीमा विभिन्न आन्दोलनमार्फत प्राप्त राजनीतिक उपलब्धिको रक्षा गर्दै देशमा आर्थिक–सामाजिक रूपान्तरणसहित समृद्धितर्फको यात्रालाई तीव्र गतिमा अगाडि बढाउने र राष्ट्रलाई आत्मनिर्भर बनाउने हामी सबैको साझा जिम्मेवारी र दायित्व भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय कोशी प्रदेश विराटनगरबाट जारी सन्देशमा उल्लेख गरिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !