२० बैशाख २०८१, बिहिबार

तीज पर्व सिर्जनशील र उल्लासमय रहोस् : उपराष्ट्रपति पुन


उपराष्ट्रपति नन्दबहादुर पुन

काठमाडौँ । उपराष्ट्रपति नन्दबहादुर पुनले नेपाली हिन्दू महिलाहरुको महान् पर्व हरितालिका तीज–२०७९ को पावन अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनीमा सुख, शान्ति, समृद्धि, सु–स्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गरेका छन् ।

तीजका अवसरमा आज शुभकामना दिँदै उनले तीज पर्व सिर्जनशील र उल्लासमय रहोस् भनी कामना गरेकी छन् । हरितालिका तीजले नेपाली महिलाहरुमा आपसी सद्भाव, सहिष्णुता र भाइचाराको अभिवृद्धि गर्ने उनको विश्वास छ । उपराष्ट्रपतिले आफ्नो स्वास्थ्यलाई ध्यान दिएर तीज पर्व मान्न सम्पूर्ण दिदीबहिनीलाई आग्रह गरेका छन् ।

चाड पर्वहरुले सामाजिक सद्भावलाई सुदृढ् र राष्ट्रिय एकतालाई मजबुत बनाउँदै आएको उल्लेख गर्दै उनले नेपालका धार्मिक तथा सांस्कृतिक चाडपर्वहरु कतिपय परम्पराबाट माथि उठेर मनाउन आवश्यक रहेको बताएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !