९ जेष्ठ २०८१, बुधबार

प्रदेश १ का मुख्यमन्त्री राईले दिए ‘क्रिसमस डे’ को शुभकामना


राजेन्द्र राई

विराटनगर । प्रदेश–१ का मुख्यमन्त्री राजेन्द्र राईले इसाई धर्मावलम्बीको मुख्य चाड क्रिसमसको सुखद् अवसरमा देश विदेशमा बस्ने सम्पूर्ण नेपाली दाजुभाइ र दिदीबहिनीमा हार्दिक शुभकामना व्यक्त गरेका छन् ।

मुख्यमन्त्री राईलेले यस अवसरमा सबैको सुख, शान्ति, सुस्वास्थ्य, दीर्घायु र प्रगतिको कामना गरेका छन् । उनले बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विशेषताले भरिपूर्ण सुन्दर देश नेपालमा मनाइने विभित्र चाडपर्वले सुदृढ सामाजिक एकता कायम गर्ने विश्वास व्यक्त गरेका छन् ।

येशु ख्रीष्टको जन्मदिनको अवसरमा हरेक वर्ष २५ डिसेम्बरमा संसारभर विशेष महत्वका साथ क्रिसमस पर्व मनाउने गरिन्छ । हाम्रा जुनसुकै पर्व राष्ट्रिय एकताको माध्यम बत्र सकोस् र यी पर्वले सबैमा एकताको भावना विकास गराउन सहयोग पुगोस् भत्रे अपेक्षा पनि सन्देशमा उल्लेख गरिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !