१४ बैशाख २०८१, शुक्रबार

कोरोनावाट बच्नको लागि मास्क लगाउँदा अपनाउने सावधानीहरू


मास्क

एजेन्सी । कोरोना भाइरसको संक्रमणको समयमा बाहिर निस्कदा अनिवार्य मास्कको प्रयोग गर्ने, संक्रमित बिरामीको सम्पर्कबाट टाढै रहने, अनावश्यक भिडभाडमा नजाने गर्नाले बच्न सकिन्छ । मास्क प्रयोग गर्दा पनि केही सावधानी भने अपनाउनुपर्छ । यदि तपाइमा भाइरस संक्रमणको लक्षणहरुमा देखा परेमा। जस्तोः उच्च ज्वरो आउने, खोकी लाग्ने र श्वास फेर्न गाह्रो भएमा, तपाई कोरोना संक्रमित बिरामीको नजिक हुनुहुन्छ वा हेरचाहमा हुनुहुन्छ भने, कोरोना संक्रमितको उपचारमा संलग्न स्वास्थ्यर्मी हुनुहुन्छ ।

मास्क प्रयोग गर्दा अपनाउनुपर्ने सावधानीहरू मास्क खोल्दा सँधै तलतिरबाट मात्र खोल्ने, मास्क भिजेपछि वा प्रत्येक ६ घण्टामा परिवर्तन गर्ने, मास्क लगाउँदा नाक,मुख र चिउँडो छोपिने गरी लगाउने, याद राखौं मास्क अनुहारमा फिट भएको हुनुपर्छ, ‘डिस्पोजल मास्क’ एक पटक मात्रै प्रयोग गर्ने, प्रयोग गरिसकेपछि डस्टबिनमा फाल्ने, पुनः प्रयोग गर्न मिल्ने मास्क भए किटाणुरहित बनाएर मात्रै पुनः प्रयोग गर्ने, मास्क लगाइसकेपछि बारबार मास्क नछुने, वा निकाल्दा बाहिरी सहतमा नछोइकन निकाल्ने जस्ता आदि हुन ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !