उच्चकोटिका तान्त्रिक डा. नारायणदत्त श्रीमालीको “सुबोध स्वप्न ज्योतिष”मा कुन सपना देख्दा के फल पाइन्छ भनी उल्लेख गरिएको छ ।
सपना
- चामल देख्दा कसैसँगको शत्रुता समाप्त हुन्छ ।
- पूजापाठ गरेको देख्दा समस्याको अन्त्य हुन्छ ।
- बच्चा हिँडेको देख्दा कतै फँसेको धन फिर्ता पाइन्छ ।
- खाटमा सुतेको देख्दा वैभव प्राप्ति हुन्छ ।
- खुल्ला ढोका देख्दा कसैसँग मित्रता हुन्छ ।
- बन्द ढोका देख्दा धनहानि हुन्छ ।
- चश्मा लगाएको देख्दा ज्ञान बढ्छ ।
- पुरी खाँदा प्रसन्न पार्ने समाचार पाइन्छ ।
- माहुरी देख्दा मित्रहरूसँगको प्रेम बढ्छ ।
- आफू उडेको देख्दा कुनै समस्याबाट छुटकारा पाइन्छ ।
- गहनागुरिया देख्दा कुनै काम पूर्ण हुन्छ ।
- लाश देख्दा बिरामी निको हुन्छ ।
- चन्द्रमा देख्दा सम्मान पाइन्छ ।
- रातो फूल देख्दा भाग्य चम्किन्छ ।
- कुकुर देख्दा पुरानो साथीसँग भेट हुन्छ ।
- झरना देख्दा दुःखको अन्त्य हुन्छ ।
- इनारमा पानी देख्दा धनलाभ हुन्छ ।
- चन्दन देख्दा शुभ समाचार प्राप्त हुन्छ ।
- तासको पत्ती देख्दा समस्या बढ्छ ।
- औंठी लाएको देख्दा सुन्दर स्त्रीसँग मित्रता हुन्छ ।-एजेन्सीको सहयोगमा