कार्तिक १४, २०७४, काठमाडौँ । देउवा नेतृत्वको सरकारमा नेपाली काँग्रेसको तर्फबाट बर्दिया-२ बाट प्रत्यक्ष निर्वाचित सांसद सञ्जय गौतमले सिँचाइ मन्त्रालयको जिम्मेवारी सम्हालिरहनु भएको छ । गौतम नेपाली काँग्रेसमा बौद्धिक र क्षमतावान नेताको रूपमा चिनिनुहुन्छ । उहाँ ३ पटक नेपाली काँग्रेस जिल्ला पार्टी सभापति भई सकेको र जिल्लामा राम्रो पकड भएका नेता हुनुहुन्छ । सिचाई मन्त्रालय अन्तर्गतका ४ वटा राष्ट्रिय गौरवका आयोजनाहरु भेरी–बबई डाइभर्शन आयोजना, सिक्टा सिचाई आयोजना, बबई सिचाई आयोजना र रानीजमरा कुलरिया सिचाई आयोजनाको निरीक्षणपछि छिटो छरितो र गुणस्तरीय ढंगमा काम सम्पन्न गर्न निर्देशन पनि दिनु भएको थियो गौतम सिँचाई मन्त्री भई सकेपछि सिँचाइ क्षेत्रका विकास र भावी योजनाहरुको बारेमा केन्द्रित रहेर नेपालपत्रका प्रधान-सम्पादक गोपाल भण्डारीले गरेको कुराकानी ।
१. तपाईलाई ३ पटक नेपाली काँग्रेस जिल्ला पार्टी सभापति भई सकेको र जिल्लामा राम्रो पकड भएका नेता हुनुहुन्छ । मन्त्री भई सकेको केहि महिना भई सक्दा के कस्तो अनुभव गरी राख्नु भएको छ ?
यो मन्त्री भएपछि वास्तवमा छोटो समयको लागि मैले जिम्मेवारी सम्हालेको छु । छोटो समयमा धेरै कामहरु गर्न मन लागेको छ । आफ्नो प्रयास त्यसतिर केन्द्रित गरेको छु । नीतिगत रुपमा सिँचाई सम्वन्धी केहि राम्रा कामहरु गर्न मन लगेर नीतिगत सुधारमा लागेको छु र यस्तै शुसासन गर्ने प्रयास गरेको छु ।
२. सांसद र मन्त्री हुँदा के कस्ता अवसरहरु र चुनौतीहरुमा फरक हुँदा रहेछन त ?
सांसद र मन्त्री हुँदा के कस्ता अवसरहरु र चुनौतीहरुमा एकदमै धेरै फरक हुँदा रहेछन । यो संसद हुँदा एउटा जनताको प्रतिनिधिको रुपमा आफ्नो क्षेत्रको जिम्मेवारी नीतिगत रुपबाट केन्द्रित हुनुपर्ने तर अहिले यो मन्त्री भएपछि आफ्नो मन्त्रालय र योसँग सम्बन्धित कुराहरु राष्ट्रिय अर्थतन्त्रमा पार्ने प्रभाब, मुलुकको अर्थतन्त्रसँगको सम्बन्ध, राष्ट्रिय गौरवका आयोजनाहरुको प्रभावकरिता, ठुला र मझौला विकास योजनाहरुको कार्यन्वयन, यसले समग्र मुलुकको कृषि र अर्थतन्त्रमा प्रभाब पार्ने खालको गहन भूमिका राख्छ । जसका लागि हामी कति प्रभाकारी ढंगले अगाडी बढ्न सक्छौ भन्ने कुरा चाहिँ योसँग सम्बन्धित हुने रहेछ । यो मेरो लागि एउटा नयाँ खालको अनुभब पनि भएको छ । मैले यसलाई चुनौतिको रुपमा नै लिएको छु ।
३. एउटा मन्त्रीका रूपमा आमजनताका सिँचाइ क्षेत्रका जनसरोकारका अपेक्षालाई तपाईं कसरी सम्बोधन गरी रहनु भएको छ ?
नेपालमा धेरै सम्भावनाहरु रहेका छन् । तर हामीले त्यसलाई ब्यबस्थित गर्न सकेका छैनौ । सिँचाई भनेको कृषि विकासको मेरुदण्ड हो । तर हामी कृषिमा आधारित देश भएतापनि कृषिमा आत्मनिर्भर हुन नसकेको अवस्था रहेको छ । अहिले हाम्रो सिँचाईमा हाम्रो लगानी छ, हामीले मिहिनेत गरेका छौ । हामीले कृषिमा आत्मनिर्भर हुनैपर्छ । हामीले अहिलेसम्म त्यो गर्न सकिरहेका छैनौ । तर हामीले एकीकृत ढंगले सोच्न सकेनौ । हामी आफ्नो ढंगले हिडियो, उद्योग आफ्नो ढंगले हिड्यो, व्यापार आफ्नो ढंगले हिड्यो । यसमा के हो भने हामीले आफ्नो ढंगले मात्र अगाडी गयौ । एकीकृत ढंगले अगाडी जान सकेका छैनौ । जसले गर्दा हामी हाम्रो मुलुकलाई समुन्नत बनाउन सकिरहेका छैनौ । आगामी दिनहरुमा हामीले आफ्ना योजनाहरु एकीकृत ढंगले संचालन गर्नुपर्छ । हामीले सम्पूर्ण सरोकारवालाहरुलाई एक ठाउँमा ल्याउनुपर्छ भन्ने नै हो । मेरो प्रयास त्यसमा नै केन्द्रित छ ।
४. नेपालमा सिँचाइ क्षेत्रको अवस्थालाई कसरी मूल्यांकन गर्नुभएको छ ?
सरसर्ती हेर्दा हामी कृषिमा त धेरै अगाडी बढेका छौ । यसको उपलब्धि हामीले जसरी लिनुपर्ने थियो, त्यसरी हामीले लिन सकिरहेका छैनौ । जस्तै हामीले सिँचाईका योजनाहरु हामीले बनायौ, कार्यन्वयन पनि हामीले गर्यौ । तर कृषकहरुलाई आधुनिक प्रबिधिबाट हामीले जानकारी गराउन सकेका छैनौ । जसरी हामीले हाम्रो सिँचाईबाट प्राप्त गर्ने पानी छ, त्यसको अधिकतम प्रयोग गर्नेतिर हामीले लिएर गएका छैनौ । हाम्रो सिँचाई सम्बन्धि योजनाहरु केहि हदसम्म त भएको छ तर त्यो पानी नदीमा नै गएर बगेको छ । हामीले जबसम्म अधिकतम प्रयोग गर्दैनौ, आधुनिक प्रबिधिबाट उनीहरुलाई सुसूचित गर्दैनौ र बजारको ब्यबस्थापन गर्दैनौ, उत्पादनको भण्डारणको ब्यबस्था गर्दैनौ तबसम्म हाम्रो कृषिमा सुधार आउन सक्दैन । त्यसकारण मैले अगि नै पनि भने यो कृषिको एउटा मुख्य अंग सिँचाई भएको हुनाले जलस्रोत र उद्योग यी सबैलाई एकै ठाउँमा राखेर हामीले हामीले हाम्रो आर्थिक र समृद्धिको बाटोलाई अगाडी लैजान सकेमा मात्रै हामीले निर्धारण गरेको दिगो बिकासको लक्ष्यमा हामी पुग्न सक्छौ ।
५. सिँचाइ मन्त्रालय अन्तर्गत ४ वटा राष्ट्रिय गौरवका आयोजना रहेका छन् । समग्रमा तिनीहरुको भौतिक प्रगति कस्तो भई रहेको पाउनु भयो ?
अहिले हेर्दा वास्तबमा २ वटा सिँचाई आयोजनाहरुले आफ्नो प्रगति राम्रो गरेका छन् । रानीजमरा कुलरिया सिँचाई आयोजना र बबई सिँचाई आयोजनाले बिगतका बर्षहरुमा आफ्नो भौतिक प्रगति राम्रो गरेतापनि निर्धारित समयमा सम्पन्न गर्न सक्ने स्थिति छैनौ । त्यस्तै अहिले एकदम गतिशील भएको भेरी-बबई डाइभर्शन मा TBA मेसिन ल्याएका छौ । यसले आफ्नो काम शुरु गर्ने अवस्थामा छ । हामीले हाम्रो कामलाई निर्धारित समयमा अगाडी बढाउन सकेमा आउदो ३ बर्षमा यो आयोजनालाई आकार दिन सक्छौ । यसले हाम्रो भेरी-बबई सिँचाई आयोजना र सिक्टा सिँचाई आयोजनालाई पनि धेरै ठुलो मद्धत गर्छ । बर्षभरि नै एकनासको पानी वितरण गर्न सक्छौ । तर अब सिक्टा सिँचाई आयोजनामा जस्तो खालको यसको लगानी छ । अहिलेसम्म यसमा १३ अर्व भन्दा धेरै खर्च गरी सक्दा पनि हामीले सोचेको जस्तो उपलब्धि प्राप्त गर्न सकिरहेका छैनौ । यो हाम्रो लागि गौरबको आयोजना चिन्ताको बिषय बनेको छ । यसमा हामी के कारणले यस्तो भयौ, हाम्रो यसमा के त्रुटी छ ? संरचनामा केहि कमि छ कि कार्यन्वयन गर्ने पद्धतिमा त्रुटी छ कि भनेर हामीलाई धेरै चिन्ता र चासोको बिषय बनेको छ । भरखरै हामीले एउटा नेतृत्वको टोलीले यसमा हेरफेर गरेका छौ र मलाई विश्वास छ अहिले भएको नेतृत्व सक्षम र सबल छ । यसले आगामी दिनहरुमा एउटा निश्चित लक्ष्यमा पुर्याउनको लागि खटेर यसमा मिहिनेत पनि गर्छ । यसैले गर्दा राष्ट्रिय गौरबका आयोजनाहरु समयमा नै सम्पन्न गर्नुपर्छ र यसले हाम्रो राष्ट्रिय अर्थतन्त्रमा हामीले सोचेको जस्तो प्रतिफल दिन सक्छौ जस्तो लागेको छ र त्यसमा म केन्द्रित छु ।
६. तपाईले राष्ट्रिय गौरवका आयोजनालाई समयमै सम्पन्न गरिने बताउनुभएको छ । सिँचाइ मन्त्रालय अन्तर्गत ४ वटा राष्ट्रिय गौरवका आयोजना समयमा नै सकिने के ठोस आधार छ त ?
मैले यसमा नीतिगत सुधार पनि गर्दैछु । अहिले राष्ट्रिय गौरबका आयोजना हेर्ने एउटा ग्रुप पनि बनाउदै छु। यसले मात्र राष्ट्रिय गौरबका आयोजनालाई अनुगमन गर्छ, दैनिक त्यो आयोजनाको प्रगतिको समिक्षा गर्छ । म यसलाई पनि आधुनिक प्रविधिमा शुसुचित गर्ने पक्षमा छु । त्यसको लागि एउटा उच्चस्तरको टिम नै मन्त्रालयमा नै खडा गर्ने र त्यसको काम राष्ट्रिय गौरबका आयोजनालाई मात्रै अनुगमन गर्ने, नियन्त्रण गर्ने, त्यसका कमीकमजोरीलाई लिएर छलफल गर्ने, मन्त्रालयसँग समन्वय गर्ने भूमिका निर्वाह गर्छ । राष्ट्रिय आयोजनासँग मैले बैठक गरेर एउटा मन्त्रालयमा सहसचिवको नेतृत्वमा अलग्गै सेल गठन गर्ने सोचमा छु । यसका कमीकमजोरीहरुलाई पनि छुट्याउछ, त्यसमा सुधार गर्ने प्रयास गर्छ र एउटा नयाँ कुरा भनुम, मैले ४ जना अहिले भरखरै त्यो क्षेत्रमा पास गरेका इन्जीनियरहरुलाई संसारका राष्ट्रिय गौरबका आयोजनाहरुको अध्ययन गर्न पठाउने निर्णय गरेको छु । उहाँहरुले अध्ययन गरेर आएपछि उहाँहरुले जे कुरा लिएर आउनुहुन्छ, त्यसले राष्ट्रिय गौरबका आयोजनालाई अगाडी बढाउन मद्धत पुर्याउछ भन्ने मलाई लागेको छ ।
७. तपाईले परम्परागत रुपमा गरिँदै आएको सिँचाइ प्रणालीमा नयाँ प्रविधि जोडेर समयसापेक्ष बनाउनुपर्नेमा पनि जोड दिनु भएको थियो । यसतर्फ मन्त्रालय कसरी अग्रसर भई रहेको छ ?
हामीले यसमा कुरा गरिरहेका छौ । परम्परा प्रबिधिबाट यसलाई अगाडी लैजानुपर्ने आवश्यकता छ । राष्ट्रिय गौरबका आयोजनासँग जोडिएका आयोजनाहरु त्यहाँका किसानहरुलाई आधुनिक कृषि प्रणालीहरुको बारेमा जानकारी गराएर उनलाई सक्षम बनाउनको लागि नयाँ कार्ययोजना हामीले बनाएका छौ । अहिले हामीले विश्व बैंकसँगको एउटा कार्यक्रम अगाडी बढाउदै छौ । पहिलो चरणको चुनाब सम्पन्न भएर दोश्रो चरणमा गएको छ । उनीहरुलाई पनि हामीले यहिँ कार्यक्रम अलिकति नयाँ ढंगबाट लैजानको लागि विश्व बैंकसँग हाम्रो कुरा भएको छ । हामीले आफ्नो श्रोत र साधनको पनि प्रयोग गरेर यो प्रणालीलाई कसरी ब्यबस्थित गर्न सकिन्छ भनेर कोसिस गरेका छौ । हाम्रो प्रयासमा कमि छैन, तर तपाइले जतिसक्दो सानो समयमा प्रतिफल देखिने कुरा हैन जस्तो लाग्छ मलाई । अहिले जुन नीतिगत प्रयास गरेको छु, त्यसको प्रतिफल केहि दिनमा देखिन्छ ।
८. अन्त्यमा, नेपालपत्र मार्फत आम नेपाली जनतालाई के शन्देश दिन चाहनुहुन्छ ?
हामी अहिले निर्वाचनको संघारमा छौ । हामी अहिले मुलुकलाई लोकतान्त्रिक गणतन्त्रमा जुन हामी रुपान्तरित भएका छौ र हामी संबिधान निर्माण गरेका छौ । यसले हामीलाई नयाँ नेतृत्वको चयन गर्दै संबिधान कार्यन्वयनको सबल पक्षमा हामी अगाडी बढेका छौ । यो बेलामा हामीले अलिकति बिबेकलाई सोचेर काम गर्नुपर्छ । मन्त्रालयले आफ्नो नियमित कार्यक्रम पनि संचालन गरिरहेको छ । सबै जना निर्वाचनतिर केन्द्रित भएको भएर हामीले यो बेलालाई संक्रमण कालको रुपमा लिनुपर्छ र हामी सबैले यसलाई चुनौतिको रुपमा लिदै विकासलाई पनि सँगसँगै अगाडी लागि निर्वाचनलाई पनि सँगसँगै अगाडी लिएर जाने समृद्धिको बाटोलाई पनि अगाडी लैजानुपर्छ तर हाम्रा आउदा दिनहरु अझ चुनौतिपूर्ण छन् र म आम दाजुभाई दिदिबहिनीहरुलाई समर्पित भएर अगाडी बढ्न आग्रह गर्न चाहन्छु ।