८ बैशाख २०८१, शनिबार

संसारकै सबैभन्दा सानो ल्यापटप


एजेन्सी, पोल क्लिन्गर नामका युवकले सबैलाई आश्चर्य चकित पार्दै संसारकै सबैभन्दा सानो ल्यापटप निर्माण गरेको छ । १ इन्च मात्र स्क्रिन भएको उक्त ल्यापटपलाई उनले थिंक टाइनी नामाकरण गरिएकाे छ । यस ल्यापटपमा शून्य दशमलव ९६ इन्चको डिस्प्ले र किबोर्डको बीचमा कर्सर कन्ट्रोलर रहेको छ । पोलले यसलाई लेनोभो थिंकप्याड ल्यापटपको सानो रूप जनाएको छ ।

यसमा एटीटाइनी १६१४ मिनी कन्ट्रोलर तथा ३ सय एमएएचको व्याट्री जडान गरिएको छ । यस ल्यापटपमा स्नेक, लुनार ल्यान्डर तथा टेट्रिसजस्ता गेम समेत खेल्न सकिन्छ । पेलोको मिनी ल्यापटप थिङ्कटाइनी बनाउन १ हप्ताको समय लागेको थियो भने यसको पार्टपुर्जाका लागि करिब ७० डलर खर्च गरेको थियो । यसमा समावेश गरिएको कस्टम प्रिन्टेड सर्किट बोर्ड बनाउन १५ डलर खर्च लागेको जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !